close

एन्ड्रोइडका लागि यस्ता छन् १० उत्कृष्ट एन्टीभाइरस सफ्टवेयर

टेकपाना टेकपाना

भदौ २२, २०७७ ११:५६

एन्ड्रोइडका लागि यस्ता छन् १० उत्कृष्ट एन्टीभाइरस सफ्टवेयर

काठमाडौं । एन्ड्रोइड विश्वमा सर्वाधिक प्रयोग हुने ओपरेटिङ सिस्टम हो । यसकारण मेलिसियसले यसलाई निशाना बनाउने ठूलो खतरा रहन्छ । यस्तो खतराबाट बच्न प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोन वा ट्याब्लेटमा एन्टीभाइरस एप इन्स्टल गर्नुपर्दछ । 

तपाईंले आफ्नो स्मार्टफोनबाट धेरै काम गरिरहनु भएको हुन्छ । मोबाइल बैंकिङदेखि अनलाइन सपिङ यही एउटै फोनबाट गरिरहनु भएको हुन्छ । यस्तो बेला तपाईंको फोनमा माल्वेयर इन्जेक्ट भयो भने निकै घातक परिणाम ल्याउन सक्छ ।

आज हामी तपाईंलाई २०२० मा उपलब्ध एन्ड्रोइड फोन तथा ट्याबलेटका लागि सबैभन्दा राम्रो एन्टीभाइरसहरुका बारेमा बताउँदै छौं । 

१. बिटडिफेन्डर मोबाइल सेक्युरिटी 

बिटडिफेन्डर मोबाइल सेक्युरिटी राम्रो एन्टीभाइरस प्रोटेक्सन हो । यसमा एन्टी थेप्ट र टप नच एन्टीभाइरस क्षमता छ । यो एपले हालैको एभी टेस्ट राउण्डअपमा पूर्णाकं प्राप्त गरेको थियो । अन्य महत्वपूर्ण एन्टीभाइरसको तुलनामा यसले ९९.९ प्रतिशत प्रोटेक्सन रेट प्रदान गर्दछ । 

गूगलको क्रोम ब्राउजरमा यसले रियल टाइम प्रोटेक्सन दिन्छ । अनि यसमा भएको अटोपाइलट फीचरले तपाईंको डिभाइसको सिस्टम र युसेज प्याटर्न अनुसार सेक्युरिटी एक्सनको लागि इन्टेलिजेन्ट रेकमेन्डेसन गर्दछ । 

यसमा रहेको प्राइभेसी एडभाइजर टूल एकदमै आकर्षक छ, जसले तपाईंको स्मार्टवाचलाई पनि वयरअन प्रविधिको माध्यमबाट सेक्युरिटी लेयर प्रदान गर्दछ । यदि तपाईले आफ्नो फोनलाई बिर्सिएर कतै छोड्नुभयो भने यसलाई तपाईलाई अलर्ट दिन्छ । 

त्यति धेरै उत्साहजनक नरहेता पनि यसमा रहेको भीपीएन पनि एउटा अतिरिक्त फीचर हो । 

यसमा भएको एन्टीथेप्ट क्षमताका कारणले यो एन्टीभाइरसले तपाईंलाई टाढाबाटै आफ्नो फोन लोकेट गर्न र लक गर्न सहयोग गर्दछ ।

साथै यसले तपाईंको फोन वा ट्याब्लेटलाई म्यासेज पनि पठाउँछ । तपाईंले टाढै बसेर पनि यसमा रहेका सम्पूर्ण विवरणहरु हटाउन सक्नुहुन्छ । 

२. नोर्टोन मोबाइल सेक्युरिटी 

नोर्टोनको मोबाइल सेक्युरिटी एपमा धेरै फीचरहरु छन् । यसमा एप एड्भाइजर साथै सम्भावित गोपनियताको जोखिमलाई रोक्न भेट्स एप छ । 

यसको अन्य फीचरको बारेमा कुरा गर्दा यसमा स्पाम फोन कलबाट रोक्ने कल ब्लकिङ फीचर रहेको छ । असुरक्षित वायरलेस नेटवर्कमा डिभाइस कनेक्ट हुँदा अलर्ट दिने वाईफाई सेक्युरिटी फीचर पनि यसमा रहेको छ ।

साथै यसमा एन्टी थेफ्ट फीचर पनि रहेको छ जसबाट चोरी भएका वा हराएका फोनहरुलाई टाढैबाट लक गर्नुका साथै त्यसमा रहेका विवरणहरु मेट्न सकिन्छ । 

यसमा रहेका सबै फीचरहरु सुरक्षाको दृष्टिले एकदमै आकर्षक छन् । तर यो एप एकदमै महंगो छ । छुट सहितको मूल्यमा पनि यो बिट डिफेन्डरको एन्टीभाइरस जत्तिकै महंगो छ । 

३. अभास्ट मोबाइल सेक्युरिटी 

एन्टीभाइरस कम्पनी एभास्टले अर्को क्वालिटी एप ल्याएको छ । यसमा कुनै एउटा निश्क्रिय स्क्यानर मात्र होइन । यसलाई स्वतन्त्र परीक्षण ल्याबले पनि राम्रो रेटिङ दिएको छ । 

यसमा पनि आकर्षक एन्टी थेप्ट सिस्टम छ जसले तपाईंको हराएको वा चोरी भएको मोबाइललाई टाढैबाट लोकेट र लक गर्न अनि डेटा पनि हटाउन सकिन्छ ।

यसमा स्टोरेज स्पेसलाई खाली गर्न जङ्क क्लिनर पनि रहेको छ भने तपाईंको डिभाइसको गति बढाउनलाई ‘र्‍याम बूस्ट’ पनि रहेको छ ।

यो एप कुनै बेला सशुल्क थियो भने अहिले नि:शुल्क छ । हाल यो विज्ञापनबाट चल्ने गरेको छ । तर तपाईंले थोरैमात्र मासिक वा वार्षिक प्रिमियम शुल्क तिरेर यसको विज्ञापनमुक्त सेवा लिन सक्नुहुन्छ ।

यसमा भएको अर्को उपयोगी प्रिमियम फीचर भनेको ईन एप लकिङ हो । यसबाट कुनै पनि एप खोल्नुअघि तपाईंको डिभाइसले पिन कोड माग्नेछ । यसले इन्टरनेट बैंकिङजस्ता लन्चिङ एपबाट हुने माल्वेयरबाट बचाउँदछ । 

४. एभीजी एन्टीभाइरस 

एभीजी एन्टीभाइरस अर्को उच्च गुणस्तरको एप हो, जसले तपाईंको एन्ड्रोइड डिभाइसलाई सुरक्षित राख्दछ । नि:शुल्क उपलब्ध यो एपले तपाईंलाई एकदमै आकर्षक स्तरमा सुरक्षा प्रदान गर्दछ ।

अभास्टले एभीजीको स्वामित्व २०१६ मा खरिद गरेको कारण यसको एन्टीभाइरस इन्जिन पनि अभास्टको जस्तै नै छ । तर यो अभास्टकै एन्टीभाइरस जस्तो भने छैन । 

तर यसको बनावटमा एकदमै बलियो कोर एन्टीभाइरस प्रोटेक्सन रहेको छ भने एन्टी थेप्ट फीचर पनि यसमा रहेको छ । अभास्ट जस्तै यो पनि विज्ञापनबाट चल्ने गरेको छ तर थोरै शुल्क तिरेर तपाईं पनि यसको अपग्रेड भर्सनमा सिफ्ट हुन सक्नुहुन्छ ।   

यसको पेड प्रो भर्सनमा धेरै अतिरिक्त फीचरहरु पाउन सकिन्छ । यसमा एन्टी थेप्ट क्षमता पनि धेरै हुन्छ जस्तै सिम कार्ड परिवर्तन हुँदा मात्र पनि डिभाइस आफैं लक हुन्छ र फोटो सुरक्षित राख्न यसमा फोटो भल्ट छ । साथै यसमा एप लक र वाईफाई सेक्युरिटी स्क्यानर रहेको छ । कलरलाई ब्लक गर्न थप प्राइभेसी सेटिङ यसमा छ । 

५. कास्परस्काई इन्टरनेट सेक्युरिटी 

कास्परस्काई बिटडिफेन्डर जस्तै एउटा प्रतिष्ठित एन्टीभाइरस उत्पादक कम्पनी हो । यसको सेक्युरिटी एपमा टप नच माल्वेयर डिटेक्सन जस्ता केही स्मार्ट फीचरहरु पनि छन् । 

टाइट कोर एन्टीभाइरस सेक्युरिटी मात्र होइन यसमा केही ह्याभ्भी वेट एन्टी थेप्ट क्षमता पनि रहेको छ । यसबाट तपाईंले हराएको फोन वा चोरी भएको फोन अहिले कसले चलाइरहेको छ भनेर थाहा पाउन टाढै बाट फोटो लिन पनि सक्नुहुन्छ । यसमा टाढैबाट अलार्म अन अफ सेट गर्न समेत मिल्छ । 

सेक्युरिटी व्यवस्थापनलाई सरलीकरण गर्ने एन्ड्रोइड वेयरलाई पनि सपोर्ट गर्ने यसमा आकर्षक फीचर रहेको छ । यो एप नि:शुल्क उपलब्ध छ । तर यसको पेड भर्सनमा अझ राम्रो उपयोगी फीचरहरु पाउन सकिन्छ । 

यसको प्रिमियम भर्सनमा एन्टी फिसिङ प्रोटेक्सन पनि पाउन सकिन्छ । 

६. ट्रेण्ड माइक्रो मोबाइल सेक्युरिटी एण्ड एन्टीभाइरस 

ट्रेण्ड माइक्रोको एन्ड्रोइड एन्टीभाइरस एपले कुनै पनि नयाँ एप डाउनलोड वा इन्स्टल हुनुअघि त्यसमा रहेको माल्वेयरलाई स्क्यान गर्दछ । साथै यसले नयाँ इन्स्टल भएका त्यस्ता एपलाई अन्य एप्लिकेसनमा एक्सेस बनाउन पनि रोक्नेछ । डिभाइसको एडमिन तथा अभिभावकका लागि यो एकदमै उपयोगी हुन्छ । 

यसबाहेक यसभित्र फेसबुकका लागि बिल्ट ईन प्राइभेसी स्क्यानर छ, जसले तपाईंको प्रोफाइल कुनै संवेदनशील व्याक्तिगत जानकारीहरु देखिएका छन् भने त्यसको लागि चेतावनी दिन्छ ।

यसमा धेरै फीचरहरु छन् जस्तै वेब प्रोटेक्सन, एन्टी थेप्ट, वाईफाई चेकर, अभिभावक नियन्त्रणको लागि प्लस सिस्टम ट्युनिङ युटिलिटिज, अनलाइन बैंकिङ वा सपिङ ट्रान्जेक्सनलाई सुरक्षित बनाउन पे गार्ड आदि रहेका छन् । 

७. म्याकफी मोबाइल सेक्युरिटी 

एन्टीभाइरस सफ्टवेयरको कुरा गर्दा म्याकफी अर्को लोकप्रिय नाम हो । एन्टीभाइरस स्क्यानर बाहेक यसको अन्य कामहरु पनि छन् । यसमा पनि एन्टी थेप्ट क्षमता रहेको छ । 

यसबाहेक कुनै पनि एपले संवेदनशील जानकारी लिक गर्छ कि गर्दैन त्यो कुरालाई पनि यो एपले स्क्यान गर्न सक्छ ।

यसले तपाईं कनेक्ट रहेको वाईफाईको सुरक्षालाई पनि मूल्यांकन गर्दछ । यसबाहेक तपाईंको फोनलाई राम्रोसँग रन गराउन, स्टोरेज क्लियर गर्न र मेमोरी र ब्याट्री बूस्ट गर्न पनि सहयोग गर्ने थप फीचर यसमा छन् । 

यसको नि:शुल्क भर्सन विज्ञापनबाट चल्दछ । तर यसको विज्ञापनरहित प्रिमियम भर्सन प्रयोग गर्न शुल्क तिर्नुपर्दछ । 

८. सोफोस इन्टरसेप्ट एक्स 

सोफोसको एन्टीभाइरस एप पूर्णरुपमा नि:शुल्क छ र यसमा कुनै विज्ञापन पनि छैन । यस आधारमा यो एकदमै आकर्षक छ । स्वत्नत्र ल्याब टेस्टको रिपोर्ट अनुसार यो एप एन्टीभाइरस प्रोटेक्सनको मामिलामा शत् प्रतिशत् राम्रो र बलियो छ । 

यसले एपमा माल्वेयर भएको नभएको भनी स्क्यान गर्दछ । साथै ती एपहरुमा घातक सामाग्री, संवेदनशील जानकारी लिक गर्ने क्षमता छ कि छैन त्यसका लागि अलर्ट गर्दछ । साथै यो एन्टीभाइरसलाई फाइल तथा फोल्डरलाई नियमित रुपमा स्क्यान गर्न सेड्युल पनि मिलाउन सकिन्छ । 

यसमा भएको अर्को राम्रो फीचर भनेको यसमा सुरक्षित क्युआर कोड स्क्यानर पनि रहेको छ । सम्भावित खतरा भएको युआरएललाई यसले चेक गर्दछ ।

गूगल अथेन्टिकेटरलाई सपोर्ट गर्ने जुनसुकै एपलाई मल्टी फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न यसको अथेन्टिकेटरले सहयोग गर्दछ । यसमा पनि अन्य एन्टीभाइरसमा जस्तै एन्टी थेप्ट फीचर छ । 

९. आहल्याब भी थ्री मोबाइल सेक्युरिटी 

दक्षिण कोरियाली कम्पनी आहल्याबको सेक्युरिटी एप अन्य एप जस्तै लोकप्रिय छ । एभी परिक्षणको अनुसार एन्ड्रोइड माल्वेयरका लागि यसको डिटेक्सन रेट पनि एकदमै राम्रो छ । यसले खतराविरुद्ध सय प्रतिशत सुरक्षा दिन्छ ।

यसलाई पनि बेस्ट पर्फमर एपको सूचीमा नै राखिएको छ । यसको राम्रो पक्ष भनेको यो पुरानो एन्ड्रोइड उपकरणमा पनि एकदमै राम्रोसँग चल्छ ।

फोन पर्फमन्सलाई स्पीड अप गर्नलाई यसमा बिल्ट-ईन बूस्टर रहेको छ । ब्राउजिङ हिस्ट्रीलाई सुरक्षितसँग मेट्न यसमा प्राइभेसी क्लिनर छ । यसबाहेक प्राइभेसी एड्भाइजर, व्यक्तिगत फोटोका लागि यसमा हिँड्न ग्यालरी पनि छ । 

१०. अभिरा एन्टीभाइरस सेक्युरिटी 

अभिराको मोबाइल अफरिङ अर्को सेक्युरिटी एप हो । एन्टीभाइरस इन्जिनको मामिलामा यसले स्वत्नत्र ल्याब टेस्टबाट एकदमै राम्रो प्रतिक्रिया पाएको छ । यसको नि:शुल्क भर्सन विज्ञापनबाट चल्दछ । तर यसमा धेरै फीचरहरु छन् । 

यसको परमिसन म्यानेजर एकदमै उपयोगी फीचर हो यसले गोपनियताको मामिलामा एप्लिकेसनहरुलाई रेटिङ गर्दछ । 

यसमा भएको आइडेन्टिटी सेफगार्ड फीचरले तपाईंकाे ईमेल एड्रेस डेटा ब्रिचमा लिक भएको छ वा छैन भनेर चेक गर्दछ । यसले कुनै लिकको विवरणबारे जानकारी दिन्छ । यसमा एन्टी थेप्ट, टाढाबाट ट्रिगर गर्न सकिने अलार्म जस्ता फीचर छन् । 

यसमा भएको एप लक फीचरले कुनै पनि एप्लिकेसनबाट संवेदनशील जानकारी बाहिरिन सहयोग गर्दछ । यसमा एउटा भीपीएन पनि इन्टिग्रेट गरिएको छ । 

यसको प्रिमियम भर्सन प्रयोग गर्दा विज्ञापनरहित सेवा लिन सकिन्छ । यसले मेलिसियस वेबसाइटहरुलाई पनि अटोमेटिक रुपमा ब्लक गर्दछ ।

यसले घण्टा घण्टामा अपडेट गर्न सपोर्ट गर्दछ । अरुले तपाईको सुराकी गर्न नसकोस् भनेर यसले माइक्रोफोन र क्यामेरा प्रोटेक्सनको पनि चाँडै अपडेट गर्दछ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०