close

विद्युतले पोल सार्दा सुबिसुको ग्राहक सेवा प्रभावित, भाइबरमा सम्पर्क गर्न कम्पनीको आग्रह

टेकपाना टेकपाना

भदौ २७, २०७७ ११:२०

विद्युतले पोल सार्दा सुबिसुको ग्राहक सेवा प्रभावित, भाइबरमा सम्पर्क गर्न कम्पनीको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीकफ पोल सार्दा इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको ग्राहक सेवा प्रभावित बनेको छ । कम्पनीले नियमित ग्राहक सेवा सम्पर्क नम्बर ०१-४२३५८८८ र ०१-४२१७४४४ ले तत्कालका लागि काम नगरेको भन्दै गुनासो टिपाउन वैकल्पिक व्यवस्था गरेको हो ।

सुबिसुले पोल सार्ने काम सम्पन्न भएलगत्तै टेलिफोन लाइन मर्मत गर्ने कार्य चलिरहेको र छिट्टै पुनः सुचारु हुने जनाएको छ । हालका लागि कम्पनीले काठमाडौं भित्र र बाहिरका ग्राहकका लागि सम्पर्कको वैकल्पिक व्यवस्था मिलाएको छ ।

जसअनुसार काठमाडौं उपत्यका भित्रका ग्राहकले ९८०१२३५८८८ मा फोन गर्न, ९८०११५८९९९ मा एसएमएस तथा भाइबरमार्फत सम्पर्क गर्न र यहाँ क्लिक गरेर ईमेल पठाउन सक्नेछन् ।

त्यस्तै उपत्यका बाहिरका लागि एसएमएस तथा भाइबरका लागि ९८०११५८६६५ मोबाइल नम्बर र यहाँ क्लिक गरी ईमेल पठाउने व्यवस्था मिलाइएको छ । साथै कम्पनीको वेब च्याटफेसबुक च्याट बाट समेत आफ्नो गुनासो तथा समस्या टिपाउन सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०