close

मोबाइलबाट सजिलै थप्नुहोस् गुगल म्यापमा आफ्नो लोकेशन

टेकपाना टेकपाना

असोज ३, २०७७ १६:५३

मोबाइलबाट सजिलै थप्नुहोस् गुगल म्यापमा आफ्नो लोकेशन

काठमाडौं । गुगल म्याप तपाईंले पक्कै पनि प्रयोग गर्नु भएकै होला । गुगलमा देखिने विभिन्न साइटहरुको लोकेसन जस्तै तपाईं पनि आफ्नो साइटको लोकेसन आफै राख्न सक्नुहुन्छ ।  

यदि तपाईं पनि गुगल म्यापमा आफ्नो ठाउँ, ठेगाना वा व्यवसायिक साइटको म्याप राख्न चाहानुहुन्छ भने हामी तपाईंलाई यसबारे सजिलोसँग सिकाउँदै छौं । 

माेबाइलबाटै गुगल म्यापमा लाेकेशन एड गर्न सबैभन्दा पहिले एप स्टोरमा आफ्नो गुगल म्यापलाई अपडेट गर्नुहोस् । अपडेट गरिसकेपछि अब निम्न प्रक्रिया पछ्याउनुहोस् । 

१. सबैभन्दा पहिले आफ्नो गुगल म्याप एप खोल्नुहोस् । त्यसभित्र तपाईंले म्याप इन्टरफेस देख्नुहुन्छ । 

२. सर्च बक्सको दायाँ कुनामा तपाईले तीन लाइन देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुहोस् । साथै गुगल म्यापमा आफ्नो इमेल एड्रेसबाट लगइन पनि गर्नुहोस् ।

गुगल म्यापमा कसरी लगइन गर्ने ?

गुगल म्यापमा लगइन गर्नलाई कुनै अप्सन दिइएको हुँदैन । तपाईंले अन्यत्रैबाट यसमा लगइन गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिले आफ्नो फोनको सेटिङ एपमा जानुहोस् ।

सेटिङभित्र अकाउन्ट अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि देखिने प्लस एड अकाउन्ट अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसभित्र रहेको गुगल अकाउन्टमा क्लिक गरेपछि चेक-इन गर्न जिमेल अकाउन्ट र पासवर्ड भरिदिनुहोस्  । अब तपाई गूगल म्याप लगायत गूगलका सबै प्रोडक्टमा लगइन हुनुभयो । 

३. तीन लाइनमा क्लिक गरेर तल स्क्राेल गर्दै झरिसकेपछि एड अ मिसिङ बिजनेसको अप्सन तपाईंले देख्नुहुनेछ त्यसलाई क्लिक गर्नुहोस् ।  

४. क्लिक गरिसकेपछि तपाईले त्यहाँ फर्म जस्तै देख्नुहुनेछ । त्यहाँ सबैभन्दा पहिले आफूले लोकेसन एड गर्न चाहेको ठाउँको नाम लेख्नुहोस् । अनि एड्रेसमा सडकको नाम लेखिदिनुहोस् । 

५. एड्रेसभित्र देखाइएको म्यापको तस्वीरमा लेखिएको ‘मार्क लोकेसन अन म्याप’ क्लिक गर्नुहोस् । 

६. एक्युरेट लोकेसन क्लिक गर्नका लागि आफ्नै लोकेसन अन गरिदिनुहोस् । अब तपाईं भएको ठाउँको लोकेसनमै तपाई पुग्नुहुन्छ ।

त्यसपछि आफूले राख्न चाहेको लोकेसनमा जानलाई जूम गर्नुहोस् । जूम गरिसकेपछि त्यो लोकेसनलाई क्लिक गरिदिनुहोस् । क्लिक गरिसकेपछि त्यो सेट हुन्छ । 

७. त्यसपछि क्याटेगोरी आउँछ । त्यसमा घर हो कि स्कुल, होटल रेस्टुरेन्ट आदि चयन गरेर राख्नुहोस् ।

८. त्यसपछि विभिन्न अप्सनहरु आउँछन् । यदि त्यो तपाईको कार्यालय हो भने खोल्ने बन्द हुने समय, फोन नम्बर, वेबसाइट, फोटो अपलोड गर्नसक्नुहुन्छ ।  

९. सबै कुरा फिल गरिसकेपछि माथिल्लो दाँया भागमा भएकाे सेन्ड बटनमा क्लिक गर्नुहाेस् । अब गुगलमा तपाइकाे अनुराेध जान्छ । गुगलले २ हप्ताभित्र तपाईंकाे अनुराेध एक्सेप्ट गर्दछ ।

केही एन्ड्राेइड फाेनमा सेन्ड बटनकाे सट्टा दाँया भागमा पेपर प्लेन सेप भएकाे आइकन हुन्छ । त्यसले तपाईलाई अगाडी बढ्ने संकेत दिन्छ । त्यसलाई क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०