close

एन्ड्रोइड टिभीका लागि गुगलले सार्वजनिक गर्‍यो नयाँ जीबोर्ड

टेकपाना टेकपाना

असोज १६, २०७७ १७:२

एन्ड्रोइड टिभीका लागि गुगलले सार्वजनिक गर्‍यो नयाँ जीबोर्ड

काठमाडौं । गत वर्ष गुगलले एन्ड्रोइड टिभी किबोर्डका लागि ठुलो रिफ्रेश घोषणा गरेको थियो । यसै अन्तर्गत हालै एन्ड्रोइड टिभीले नयाँ ताजा डिजाइन सहित जीबोर्ड टिभी सार्वजनिक गरेको छ ।

एन्ड्रोइड टिभीको इन ब्युल्ट किबोर्डलाई बिस्थापन गरेर जीबोर्ड अटोमेटिक इन्स्टल हुन सक्छ । यसका लागि सिस्टमलाई कुनै पनि किसिमको अपग्रेड समेत चाहिँदैन । 

जीबोर्ड टिभी स्टक किबोर्ड भन्दा फरक छ । यसको सबैभन्दा ठूलो भिन्नता भनेको यसको डिजाइन नै हो । यो जीबोर्ड परम्परागत किबोर्ड जसरी तपाईंको स्क्रिनको तल्लो भागलाई ढाकेर बस्दैन । 

यो स्क्रिनको बीच भागमा तैरिहरन्छ । यसमा परम्परागत क्वेर्टी लेआउट छ । यदि तपाईंले यो जीबोर्डलाई एन्ड्रोइड स्मार्टफोनमा प्रयोग गर्नु भयो भने तपाईंले एन्ड्रोइड टिभीमा जस्तै समान अनुभूति पाउनुहुनेछ । 

जीबोर्डको माथिल्लो भागमा एउटा नयाँ माइक्रोफोन सर्टकट छ । अधिकांश एन्ड्रोइड टिभी डिभाइसहरुमा रिमोटमा भ्वाइस बटन बनाइएको हुन्छ । तर जीबोर्ड सफ्टवेयरमा रहेको सर्टकट विशेष टेक्स्ट फिल्ड फिल गर्ने काम एकदमै सहज छ । 

गुगलले यो परिवर्तनको रोलआउट व्यापक ढंगले गरिसकेको छ । प्रयोगकर्ताहरुले सबै किसिमका आधुनिक एन्ड्रोइड टिभी डिभाइसमा यो परिवर्तन देख्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०