close

भिभो स्मार्टफोन किन्दा स्मार्ट टिभीदेखि स्कुटर जित्ने अवसर

टेकपाना टेकपाना

असोज २३, २०७७ १५:४

भिभो स्मार्टफोन किन्दा स्मार्ट टिभीदेखि स्कुटर जित्ने अवसर

काठमाडौं । ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले दशैं तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि विशेष अफर सार्वजनिक गरेको छ ।

यसअन्तर्गत लक्की ड्र मार्फत भाग्यशाली भिभोका ग्राहकले ४३ इन्चको स्मार्ट टिभी, इयरबड, पावरबैंक, इएरफोन लगायतका उपहार प्राप्त गर्नेछन् ।

दुई जना भाग्यशाली ग्राहकले बम्पर उपहार मार्फत १२५ सिसीको टिभिएसको एनटर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् । चाडपर्वको अवसरमा भिभो नेपालले हरेक भिभो ह्यान्डसेटहरुको खरिद गर्दा उपहार दिने योजना सुरुवात गरेको हो ।

त्यतिमात्रै नभएर कम्पनीले १५ हजारभन्दा माथिको भिभो ह्यान्डसेटको खरिदमा बिनालागत समान मासिक किस्ता र शुन्य अग्रिम भुक्तानी जस्ता आकर्षक योजना ल्याएको छ ।

कम्पनीका अनुसार यो योजना २३ देखि मंसिर १५ सम्म नेपाल अधिराज्यभरका भिभोको आधिकारिक तथा खुद्रा बिक्री केन्द्रमा लागू हुनेछ ।

‘यो योजना चाडपर्वको अवसरमा हाम्रो ग्राहकहरुलाई खुसी पार्ने उत्तम अवसर पनि हो,’ भिभो नेपालका कार्यकारी प्रमुख मार्सले भने, ‘नेपालमा रहेको ग्राहकहरुले हामीप्रति देखाएको सद्भाव, प्रेम र कृतज्ञताको लागि हामीले यो लक्की ड्रलाई एक प्रतिकको रुपमा प्रस्तुत गरेका हौं ।’

यस योजना अन्तर्गत नेपाल अधिराज्यभरका हरेक कुना कुनामा रहेका ग्राहकले भव्य पुरस्कार र भिभोको नयाँ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४