अब गुणस्तरीय सेवा नदिने मोबाइल र इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने

Nepal's world ranking in mobile and internet

काठमाडौं । अब गुणस्तरीय सेवा नदिने दूरसञ्चार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई बिगो तथा क्षतिपूर्ति दिनुपर्ने भएको छ । नयाँ दूरसञ्चार ऐनका लागि तयार पारिएको मस्यौदामा यस्तो व्यवस्था राखिएको हो ।

गत साता मात्र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत विधेयक मस्यौदा केही दिनअघि मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेको छ । विधेयक मस्यौदाको दफा ३९ मा दूरसञ्चार सेवा सञ्चालन गर्दा सेवाप्रदायकले प्राधिकरणले निर्धारण गरेअनुसारको गुणस्तर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तोकिएको गुणस्तर कायम नगरेको कारणबाट ग्राहकलाई हानी नोक्सानी भएमा प्राधिकरणले त्यस्तो हानी नोक्सानीको बिगो वा सो बापतको क्षतिपूर्ति सेवा प्रदायकबाट भराइदिन सक्नेछ ।

विधेयक मस्यौदा कानून र अर्थ मन्त्रालयसँगको राय तथा परामर्श लिएर मन्त्रिपरिषदमा लैजाने तयारी रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए ।

मन्त्रिपरिषदबाट विधेयकको रुपमा स्वीकृत भइसकेपछि संसदको आगामी अधिवेशनबाट ऐनको रुपमा पारित गराउने योजनाका साथ हाल सरकारले प्राथमिकताका साथ दूरसञ्चार ऐनको मस्यौदालाई अगाडि बढाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team