close

आईफोनमा सधैंका लागि यसरी इनेबल गर्नुहोस् ‘लो पावर मोड’

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ २१:३६

आईफोनमा सधैंका लागि यसरी इनेबल गर्नुहोस् ‘लो पावर मोड’

काठमाडौं । यदि तपाईं पुरानो आईफोन प्रयोग गर्नुहुन्छ भने तपाईंको ब्याट्रीलाई टिकाउन एप्पलको ‘लो पावर मोड’ अत्यावश्यक छ । आईओएसले तपाईंको लो पावर मोडलाई स्वतः टर्न अफ गर्दछ जब तपाईको चार्ज ८० प्रतिशतभन्दा माथि पुग्छ । 

यो फिचरलाई सधैभरका लागि इनेबल गर्न तपाईंले सर्टकट अटोमेसन प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले सर्टकट एप खोल्नुहोस् । यसलाई एप्पलले आफ्नो आईओएस १३ मा डिफल्ट एपको रुपमा सेट गरेको छ ।

यदि तपाईंले यसलाई होम स्क्रिनमा पाउनुभएन भने स्क्रिनको बीचमा औंलाले तलतिर स्वाइप गरेर स्पोटलाइट खोल्नुहोस् । सर्चबारमा ‘सर्टकट’ मा टाइप गरी ‘सर्टकट आइकन’ मा ट्याप गर्नुहाेस् । 

छोटकरीमा स्क्रिनको तलपट्टि रहेको ‘अटोमेसन’ बटनमा ट्याप गर्नुहोस् । यदि अगाडि नै तपाईंको अटोमेसन त्यहाँ सूचिकृत भइसकेको छ भने सबैभन्दा पहिले प्लस बटनमा ट्याप गर्नुहोस् ।

त्यसपछि ‘क्रिएट पर्सनल अटोमेसन’ बटन ट्याप गरेर नयाँ अटोमेसन एड गर्नुहोस् । यदि तपाईंले  कुनै अटोमेसन सूचीकृत भएको देख्नुभएन भने ‘क्रिएट पर्सनल अटोमेसन’ बटन ट्याप गर्नुहोस् । 

‘न्यु अटोमेसन’ प्यानल पपअप भएपछि ‘लो पावर मोड’ नदेखिन्जलसम्म तलतिर स्क्रोल गरिरहनुहोस् । त्यसलाई देखेपछि ट्याप गर्नुहोस् । 

अर्को स्टेपमा अटोमेसन हुने अवस्थालाई परिभाषा गरिन्छ । अब चेकमार्कले ‘इज टर्न्ड अफ’ सेलेक्ट गर्नुहोस् र ‘नेक्स्ट’ मा ट्याप गर्नुहोस् । 

अटोमेसन अवस्था मिल्दाको देखा पर्ने एक्सलाई अब परिभाषित गरिन्छ । ‘एड एक्सन’ ट्याप गर्नुहोस् । अब प्यानलमा ‘लो पावर’ सर्च गर्नुहोस् र तल देखिने ‘सेट लो पावर मोड’ मा ट्याप गर्नुहोस् । 

जब ‘सेट लो पावर मोड’ एक्सन देखापर्छ तब यो ‘टर्न लो पावर मोड अन’ मा डिफल्ट परिवर्तन हुन्छ । यसलाई यत्तिकै छाडी दिनुहोस् । अब नेक्स्ट ट्याप गर्नुहोस् ।

अर्को ओभरभ्यू स्क्रिनमा ‘आस्क विफोर रनिङ’ मा ट्याप गर्नुहोस् र टर्न इट अफमा स्विच गर्नुहोस् ।

यदि त्यसलाई यत्तिकै अन छोडिदिनु भयो भने अटोमेसन हुँदा प्रत्येक पटक सर्टकटले एउटा म्यासेज पपअप गर्छ । जुन एकदमै झर्को लाग्दो बन्न सक्छ । 

जब कन्फर्मेसन डायलग पपअप हुन्छ तब ‘डन्ट आस्क’ मा ट्याप गर्नुहोस् । अब ‘डन’ मा ट्याप गरिसकेपछि अटोमेसन सेट हुन्छ । 

जब अटोमेटिकल्ली वा आईओएसबाट तपाईंको आईफोनको लो पावर मोड टर्न अफ हुन्छ, तब त्यो पुन: स्विच ब्याक अन हुन्छ । 

यसलाई सुरु गर्न तपाईंले एक्टिभेट लो पावर मोडलाई सेटिङमा मेनुअल्ली मिलाउनु पर्दछ । यसको लागि सेटिङमा जानुहोस् । त्यसपछि ब्याट्री हुँदै लो पावरमोडमा जानुहोस् । वा कन्ट्रोलर सेन्टर सर्टकटबाट पनि यस्तो गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०