close

एप्पलले पार गर्‍यो नयाँ कोशेढुंगा, आईफोन प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो

टेकपाना टेकपाना

कात्तिक १३, २०७७ २१:२७

एप्पलले पार गर्‍यो नयाँ कोशेढुंगा, आईफोन प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो

काठमाडौं । एप्पलको विषयमा विश्वमै सबैभन्दा सही प्रक्षेपण गर्दै आएका नेल साइबर्टका अनुसार एप्पलले नयाँ कोशेढुंगा पार परेको छ । उनले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलद्धारा उत्पादित आईफोनको प्रयोगकर्ता संख्या एक अर्ब नाघेको छ ।

‘आईफोनको प्रयोगकर्ता एक अर्ब पुगेका छन । मेराे अनुमान अनुसार यो आँकडा आईफोनले अघिल्लो महिनामै पुरा गरेको हो,’ उनले भनेका छन् ।

उनले अगाडि भने, ‘यसकाे अर्थ आईफोनको बिक्री एक अर्ब पुगेको भन्ने होइन । एक अर्ब आईफोन सन् २०१६ मै बिक्री भइसकेको थियो । आईफोन प्रयोग गर्नेको संख्या एक अर्ब नाघेको हो । आईफोन बिक्री एक अर्ब आईफोन बिक्री सुरु भएको १३ वर्षपछि कम्पनीले यो आँकडा पार गर्न सफल भएको छ ।’

उनका अनुसार आईफोन ट्वेल्भ सिरिज लञ्च हुनुअगाडि नै विश्वमा आईफोन प्रयोगकर्ताको संख्याले एक अर्बको सीमा पार गरेको हो । गत महिनामात्रै आईफोन ट्वेल्भ सिरिजका फोन सार्वजनिक भएको थियो ।

iPhone Installed Base (Above Avalon)

सन् २००८ मा पहिलोपटक आईफोन बजारमा ल्याएको थियो । पहिलो उत्पादनबाटै राम्रो बजार पाएको कम्पनीले निरन्तर उत्तारचढावका बीच अघि बढ्दै आएको थियो । साइबर्टका अनुसार सन् २००७ बाट कम्पनीको नयाँ आइफोन प्रयोगकर्ताको संख्यामा गिरावट हुँदै आएको हो ।

‘सन् २००७ देखि कुल बिक्रीको दुईदेखि तीन करोडमात्रै नयाँ प्रयोगकर्ता थपिँदै आएका थिए,’ उनले भनेका छन्, ‘त्यसको साटो पुरानो आईफोन प्रयोग गर्नेले नयाँ आइफोन किन्नेको संख्या वृद्धि भइरहेको छ ।’

अघिल्लो वर्षमात्रै एप्पलको प्रयोगकर्ता ९० करोड नाघेका थिए भने एप्पलको एप डाउनलोड गर्नेको संख्या पनि भर्खरैमात्र एक अर्ब नाघेको छ । यसलाई पनि उनले एप्पलको प्रयोगतर्का एक अर्ब नाघ्नुको एउटा आधारको रुपमा लिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०