close

अमेरिकी प्रतिबन्धसँग लड्न चीनमै चिप उत्पादन गर्दै ह्वावे

टेकपाना टेकपाना

कात्तिक १७, २०७७ ८:२३

अमेरिकी प्रतिबन्धसँग लड्न चीनमै चिप उत्पादन गर्दै ह्वावे

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले अमेरिकी प्रविधि प्रयोग नगरी शंघाईमा चिप प्लान्ट निर्माण गर्ने योजना ल्याएकाे छ । अमेरिकाले प्रविधिमा लगाएको कडा प्रतिबन्धपछि चीनको सबैभन्दा ठूलो टेक कम्पनी ह्वावेले नयाँ रणनीति तयार पारेको फाइनान्सियल टाइम्सले जनाएको छ।

ह्वावेले लो-ईन्ड ४५ एनएम चिप्स उत्पादनबाट यसको सुरुवात गर्ने जनाइएको छ । २०२१ को अन्त्यसम्ममा इन्टरनेट अफ थिङ्सका लागि २८ एनएम चिप्स बनाउने लक्ष्य राखिएकाे छ ।

त्यस्तै कम्पनीले २०२२ सम्ममा फाइभजी टेलिकम उपकरणका लागि २० एनएम चिप्स उत्पादन गर्ने लक्ष्य राखेकाे छ ।

ह्वावेसँग चिप्स निर्माणकाे अनुभव छैन । यसकारण यो प्लान्ट सरकारले सहयोग गरेको रिसर्च कम्पनी शंघाई आईसी आर एण्ड डी सेन्टरले सञ्चालन गर्ने जनाएको छ।

चीनले आफ्नो पञ्च वर्षीय योजनामा ​​अझ बढी आर्थिक आत्मनिर्भरताको लागि सामान खरिदमा अन्य देशसँग भर नपर्ने र कोर टेक्नोलोजी देशमै निर्माण गर्ने योजना ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०