close

कोरोना महामारीमा रेन्समवेयरको बिगबिगी, यस्तो छ पछिल्लाे अध्ययन

टेकपाना टेकपाना

मंसिर ५, २०७७ २०:५१

कोरोना महामारीमा रेन्समवेयरको बिगबिगी, यस्तो छ पछिल्लाे अध्ययन

काठमाडौं । कोभिड १९ को कारण रिमोट वर्किङ अभ्यास हुन थालेकाे छ । कम्पनीहरुले आफ्नो कार्यप्रणालीमा विभिन्न सुधार ल्याउँदै अनलाइन पूर्वाधारहरु विकास गरिरहेका छन् ।

तर कम्पनीको डिजिटल रूपान्तरणको क्रममा विश्वमा रेन्समवेयर तथा साइबर अट्याक बढेको साइबर सेक्युरिटी कम्पनी क्राउड स्ट्राइकको पछिल्लो रिपोर्टमा देखिएको छ । 

ग्लोबल सेक्युरिटी एटिट्युड सर्भेको रिपोर्ट अनुसार ५६ प्रतिशत कम्पनीहरु गत वर्ष रेन्समवेयर अट्याकबाट पीडित भएका थिए । अमेरिका, बेलायत, भारत, फ्रान्स, जर्मनी, सिङ्गापुर, अष्ट्रेलिया मुलुकका २२०० कम्पनीमाथि गरिएको सर्वेक्षणमा त्यस्तो पाइएको हो ।

यीमध्ये २७ प्रतिशत कम्पनीले त आफ्नो डेटा सुरक्षाका लागि रेन्समवेयरको फिरौती रकम तिरेको बताएका छन् । यसअघि रेन्समवेयर अट्याकको अवस्था २०१९ मा ४२ प्रतिशत र २०१८ मा ४६ प्रतिशत थियो । 

औषतमा यी कम्पनीहरुले ११ लाख अमेरिकी डलर रेन्सम शुल्कको रुपमा तिरिसकेका छन् । सर्वेक्षणमा सहभागी कम्पनीमध्ये ७१ प्रतिशतमा अर्को रेन्समवेयर अट्याकको त्रास व्याप्त रहेको पाइएको थियो भने भारतका ८३ प्रतिशत कम्पनीहरुले यस किसिमको त्रास व्यक्त गरेका थिए ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०