close

भालु र गाईको अनुहार पहिचान गर्न सफ्टवेयर निर्माण

टेकपाना टेकपाना

मंसिर ८, २०७७ १९:४५

भालु र गाईको अनुहार पहिचान गर्न सफ्टवेयर निर्माण

काठमाडौं । भालु र गाईमाथि दशकौं लामो अध्ययन तथा ट्रयाकिङपछि फेसियल रिकग्निसन सफ्टवेयर निर्माण भएकाे छ । ब्रिटिश मोल्मबिया क्यानडाका भालु जीवविज्ञ मिलेनी क्ल्यापहामले सिलिकन भ्यालीका प्रविधिज्ञहरुसँग मिलेर याे सफ्टवेयर बनाएका छन् ।

भालुको अनुहार पहिचान गर्न सक्ने उक्त सफ्टवेयरको नाम बियरआइडी हो । यो प्रविधिले ग्रिज्ली भालुहरुलाई उनीहरुको दाग र चोटपटकबाट ट्रयाक तथा निगरानी गर्न सक्छ । यो सफ्टवेयरले हालसम्म १३२ वटा जीवलाई पहिचान गरिसकेको बताइएकाे छ । 

टिमले यस सफ्टवेयर तयार पार्न चार हजार ६७४ वटा ग्रिज्ली भालुहरुका तस्वीर संकलन गरी अहिलेको आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरेको छ ।

इकोलोजी एण्ड इभोल्युसनमा प्रकाशित एउटा रिपोर्टको अनुसार यो प्रविधि ८४ प्रतिशत सही रहेकाे दाबी गरिएकाे छ । तर सिस्टमले भालुलाई पहिचान गर्नुअघि नै त्यो भालु त्यस सिस्टममा बसिसकेको हुनुपर्दछ ।

क्ल्यापहामले यो प्रविधि अन्य कोलरिङ विधिको तुलनामा बन्यजीवलाई ट्रयाक गर्न सस्तो र सुरक्षित तरिका भएको बताएका छन् । 

भालुलाई मात्र होइन, कान्ससमा जोइ हाउग्लाण्डले अहिले गाईलाई ट्रयाक गर्न त्यस्तै किसिमका सफ्टवेयरहरु बनाइरहेका छन् ।

उनले बनाइरहेको उक्त एपको नाम क्याटलट्रयाक्स हो । गाईको फोटो खिच्ने जोसुकैले पनि यसको अनलाइन डेटाबेसमा योगदान दिएर यो एपलाई अझ शक्तिशाली बनाउन सक्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०