close

‘फोन पे’ बाट भुक्तानी गर्दा उज्ज्वलले जिते हुण्डाइ गाडी

टेकपाना टेकपाना

भदौ १५, २०७८ १५:५३

‘फोन पे’ बाट भुक्तानी गर्दा उज्ज्वलले जिते हुण्डाइ गाडी

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाका विजेतालाई गाडी हस्तान्तरण गरिएको छ ।

यस योजनामा झापा विर्तामोडका उज्ज्वल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भए ।

उनलाई एक कार्यक्रमक बीच फोन पेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर, नविल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्रप्रसाद श्रेष्ठ र फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले गाडी हस्तान्तरण गरे ।

अधिकारी नविल बैंकका ग्राहक रहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो योजना फागुन २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो ।

यस योजनामा नेपालभरीका कुनैपनि बैंकको आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए । फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ ।

जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१