close

तपाईंलाई निराश बनाउने विषय बन्न सक्छ सामसङ ग्यालेक्सी एस२२ को ब्याट्री

टेकपाना टेकपाना

असोज १५, २०७८ ७:४१

तपाईंलाई निराश बनाउने विषय बन्न सक्छ सामसङ ग्यालेक्सी एस२२ को ब्याट्री

 काठमाडौं। सामसङ ग्यालेक्सी एस २२ सिरिजका स्मार्टफोन आगामी जनवरी २०२२ मा सार्वजनिक हुने अनुमान गरिएको छ  । फोन सार्वजनिक हुन केही महिना मात्र बाँकी हुदाँ त्यसको डिजाइन सहित केही फिचरको बारेमा विभिन्न जानकारीहरू बाहिरिएका छन् ।

जसमध्ये प्रयोगकर्तालाई बेखुसी बनाउने जानकारी हो, यसको ब्याट्री क्षमता । साउथ कोरियन सर्टिफिकेट एजेन्सीबाट प्रमाणित भएको यो ब्याट्री ग्यालेक्सी एस २२ मा प्रयोग गरिनेछ । यो ब्याट्रीको जम्मा क्षमता ३,७०० एमएएच मात्र छ ।

जब कि ग्यालेक्सी एस २१ सिरिजमा नै चार हजार एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । ६.०६ इन्चको डिस्प्ले उपलब्ध हुने ग्यालेक्सी एस२२ मा एक्सिनस २२०० प्रोसेसर प्रयोग हुने अनुमान गरिएको छ ।

यस्तो डिस्प्ले र प्रोसेसर भएको फोनमा ३७०० एमएएचको मात्र ब्याट्री हुनु पर्याप्त होइन । यसले गर्दा ब्याट्री धेरै नटिक्ने समस्या हुनसक्छ । यदि तपाईं एस२१ बाट एस२२ लिने सोचमा हुनुहन्छ भने यसको ब्याट्री क्षमताको विषयले तपाईंले त्यति उत्साहित नबनाउन सक्छ ।

त्यसैगरी यो फोनमा १० मेगापिक्सेलकको सेल्फी क्यामेरा र मेन क्यामेरामा ५० मेगा पिक्सेल, १२ मेगापिक्सेल र १० मेगापिक्सेल गरी तीन ओटा क्यामेरा उपलब्ध हुनेछन् । साथमा इन-डिस्प्ले फिंगरप्रिन्ट, स्टेरियो स्पिकर, आईपी ६८ रेटिङ र वायरलेस चार्जिङ जस्ता फिचर पनि यो फोनमा हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५