close

रुसी साइबर सुरक्षा विज्ञलाई दुई महिना जेल, लगाइयो देशद्रोहीको आरोप

टेकपाना टेकपाना

असोज १५, २०७८ १८:४६

रुसी साइबर सुरक्षा विज्ञलाई दुई महिना जेल, लगाइयो देशद्रोहीको आरोप

काठमाडौं । रुसी साइबर सेक्युरिटी कम्पनी ग्रुप आईबीका संस्थापक इला साचकोभलाई त्यहाँको अदालतले दुई महिनाको जेल सजाय सुनाएको छ । साचकोभले देशको हित विरुद्ध काम गरेको भन्दै मस्को अदालतले उनलाई जेल सजाय सुनाएको हो ।

साचकोभमाथि लगाइएको आरोपको विषयमा हालसम्म जानकारी सार्वजनिक भने गरिसकिएको छैन । रुसी सञ्चार माध्यमका अनुसार साचकोभले रुसी जासुसी संस्थालाई आवश्यक जानकारी  उपलब्ध नगराउँदा अदालतले यस्तो सजाय सुनाएकाे हो ।

सरकारी सुरक्षाकर्मीले बुधबार ग्रुप आईबीको कार्यालयमा छापा मारेको थियो । तर, साचकोभलाई पक्राउ गर्नुका कारण भने थाहा नभएको कम्पनीले जनाएको छ ।

ग्रुप आईबीले आफ्नो काममा कुनै पनि कमजोरी नभएको र डेटा सुरक्षामा पनि कुनै कमी नराखिएको गरेको छ । 

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भने कम्पनीको व्यवसाय वा लगानी भन्दा पनि कम्पनीको काम गर्ने क्षेत्रको कारण उनी पक्राउ परेको हुनसक्ने बताएका छन् ।

पछिल्ला केही वर्षहरूमा रसियाको फेडरल सेक्युरिटी सर्भिसले वैज्ञानिक, साइबर सुरक्षा अधिकारीलगायत विभिन्न पूर्व पत्रकारहरूलाई देशद्रोही बताउँदै पक्राउ गरिरहेको छ । तीमध्ये केहीले २० वर्षसम्मको जेल सजाय पनि पाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५