close

सम्बन्ध विच्छेदले बिल गेट्सको सम्पत्तिमा असर, फोर्ब्सको सूचीमा ३० वर्षपछि हालसम्मकै तल

टेकपाना टेकपाना

असोज २१, २०७८ ११:२२

सम्बन्ध विच्छेदले बिल गेट्सको सम्पत्तिमा असर, फोर्ब्सको सूचीमा ३० वर्षपछि हालसम्मकै तल

काठमाडौं । विवाह गरेको २७ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले गएको वैशाखमा सम्बन्ध विच्छेद गरेका थिए ।  सम्बन्ध विच्छेद पश्चात् बिल गेट्स ३० वर्ष पश्चात् फोर्ब्सको सूचीमा सबैभन्दा तल झरेका छन् ।

यो सँगै कुनै समय अमेरिकाको सबैभन्दा धनी र दोस्रो धनी व्यक्तिबाट उनी खस्किएका छन् । सम्बन्ध विच्छेद पश्चात् श्रीमती मेलिन्डाको नाममा शेयर ट्रान्सफर भएसँगै उनको सम्पत्ति घटेको हो ।

सन् १९९१ देखि बिल गेट्स अमेरिकाको ४ सय धनी व्यक्तिको सूचीमा पहिलो तथा दोस्रो धनी व्यक्ति भन्दा तल झरेका थिएनन् । हुन त उनको सम्पत्ति अघिल्लो वर्षको तुलनामा २३ बिलियन अमेरिकी डलरले बढेको छ ।

तर, पनि उनी अमेजनका मालिक जेफ बेजोस, टेस्लाका मालिक एलन मस्क र फेसबुकका मालिक मार्क जुकरबर्ग भन्दा पछि परेका छन् । यसको अर्थ उनी ३० वर्ष पश्चात् अमेरिकाका ४ सय धनी व्यक्तिको सूचीको चौथो स्थानमा झरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१