close

प्रभु टिभी एपमार्फत मोबाइलमा यसरी हेर्नुहोस् नेपाल र भारतबीचको फुटबल गेम

टेकपाना टेकपाना

असोज ३०, २०७८ २०:३७

प्रभु टिभी एपमार्फत मोबाइलमा यसरी हेर्नुहोस् नेपाल र भारतबीचको फुटबल गेम

काठमाडौं । साफ च्याम्पियनशिप फुटबलअन्तर्गत आज नेपालले उपाधिका लागि चिरप्रतिद्धन्दी भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समयअनुसार साँझ ८ः४५ देखि सुरु हुने खेल नेपालका लागि इतिहास बनाउने सुवर्ण अवसरसमेत हो ।

नेपालमा यो खेलको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्टस् एचडी वानले गर्नेछ । टेलिभिजनको पहुँच नहुनेहरूले मोबाइलमै एक्सन स्पोर्टस् एचडी हेर्न सक्नेछन् । यसका लागि विभिन्न आईपी टिभी प्लेटफर्म उपलब्ध छन् ।

यसमध्ये प्रभु टिभी ओटीटी एप एक विकल्पका रुपमा रहेको छ, जुन घरमा प्रभु टिभी जडान नगरेका ग्राहकले पनि सजिलै प्रयोग गर्न सक्छन् ।

यदि तपाईंको मोबाइलमा यो एप छैन भने एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गरी एप डाउनलोड गर्नुहोस् ।

मोबाइलमा यो एप इन्स्टल भइसकेपछि स्क्रिनको तलपट्टि दायाँ साइडमा रहेको ‘More’ अप्सन ट्याब गर्नुहोस् । यसपछि ‘Login’ गर्ने अप्सनमा ट्याब गर्नुहोस् । तपाईंले यसमा फेसबुक, जिमेलका साथै आफ्नो मोबाइल नम्बर राखी लगईन सेटअप गर्न सक्नुहुन्छ ।

एक्सन स्पोर्टस एचडी च्यानल पूर्ण रुपमा निःशुल्क नभएकाले तपाईंले ब्यालेन्स टपअप गर्नुपर्नेछ । यसका लागि तपाईंको मोबाइलमा प्रभु पे एप हुन भने जरुरी छ ।

र, तपाईंको प्रभु पेको अकाउन्टमा दर्ता भएको मोबाइल नम्बरमा रकम लोड गर्नुपर्नेछ । अब प्रभु टिभीमार्फत Action Sports HD च्यानल हेर्न एक दिनका लागि एक रुपैयाँ, एक हप्ताका लागि ५ रुपैयाँ वा एक महिनाका लागि १५ रुपैयाँ ब्यालेन्स टपअप गर्न सक्नुहुनेछ ।

यसपछि मोबाइल एपमै यो च्यानलमार्फत नेपाल र भारतबीचको साफ फुटबल फाइनल खेल हेर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२