तपाईंको पासवर्ड लिक भएको त छैन ? यसरी थाहा पाउनुहोस्

Password-leaked-techpana

काठमाडौं । हामीले आफ्नो ईमेल अकाउन्ट प्रयोग गरी विभिन्न एप वा वेबसाइटमा अकाउन्ट खोलेका हुन्छौं । तर, दिनहुँजसो भइरहने डेटा ब्रिचको घटनामा हामीले अकाउन्ट बनाएका वेबसाइट वा एपका डेटा पनि लिक भएका हुन्छन् ।

हाम्रो अकाउन्ट रहेको कुनै एप वा वेबसाइटको डेटा लिक हुँदा त्यससँगै हाम्रो ईमेल र पासवर्ड पनि लिक भएको हुनसक्छ । लिक भएका यस्ता अधिकांश डेटा डार्क वेबमा राखिएका हुन्छन् ।

हामीले कुन कामको लागि कुन वेबसाइट वा एपमा अकाउन्ट बनाइरहेका हुन्छौं, त्यो पनि याद हुन्न । झन्, त्यस्ता एप वा वेबसाइटको डेटा लिक भएको घटना पनि हामीलाई थाहा नहुन सक्छ ।

एउटै ईमेलले सबैतिर अकाउन्ट खोल्ने र पासवर्ड पनि एउटै राख्ने हाम्रो बानी छ भने हाम्रो ईमेल र पासवर्ड दुरुपयोगको जोखिम उत्तिकै रहन्छ ।

तर, कुनै ह्याकिङ वा डेटा ब्रिचको क्रममा हाम्रो ईमेल र पासवर्ड लिक भएका छन् वा छैनन् भन्ने थाहा भयो भने तत्कालै पासवर्ड परिवर्तन गरेर हामी सुरक्षित रहन सक्छौं ।

आज हामी तपाईंलाई आफ्नो ईमेल वा कुनै अकाउन्टमा राखिएको पासवर्ड लिक भएका छन् कि छैनन् भनेर थाहा पाउने सजिलो तरिका बताउनेछौं ।

यसका लागि तपाईंले आफ्नो मोबाइल वा कम्युटरमा मोजिल्ला फायरफक्सको मनिटर टुलमा जानुपर्ने हुन्छ ।

मोजिल्लाको मनिटर टुलमा जान यहाँ क्लिक गर्नुहोस् । मनिटर टुलमा गइसकेपछि आफ्नो ईमेल एड्रेस टाइप गरी ‘चेक फर ब्रिचेज’ मा क्लिक गर्नुहोस् ।

यत्ति गरिसकेपछि मोजिल्लाको मनिटर टुलले सन् २००७ यता भएका कुनै डेटा ब्रिचको घटनामा तपाईंको ईमेल एड्रेस परेको थियो वा थिएन भनेर जानकारी दिनेछ ।

यसले तपाईंको ईमेल मात्रै लिक भएको थियो वा पासवर्ड पनि लिक भएको थियो भनेर पनि जानकारी दिन्छ ।

यदि तपाईंको ईमेल कुनै डेटा ब्रिचमा परेको छ र तपाईंले पासवर्ड परिवर्तन गर्नुभएको छैन भने तपाईं जोखिममा रहने सम्भावना धेरै हुन्छ ।

त्यसकारण आफ्नो ईमेल कुनै डेटा ब्रिचमा परेको रहेछ भने तत्कालै पासवर्ड परिवर्तन गनुृपर्छ । र, फरक फरक एप वा वेबसाइटमा अकाउन्ट बनाउँदा फरक फरक पासवर्ड राख्ने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team