close

अनलाइनबाटै सिद्धार्थ बैंकको मुद्दती खाता खोल्न सकिने

टेकपाना टेकपाना

कात्तिक ४, २०७८ ८:४६

अनलाइनबाटै सिद्धार्थ बैंकको मुद्दती खाता खोल्न सकिने

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।

यसका लागि ग्राहकले अनलाइन प्लेटफर्म प्रयोग गरी घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्नका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

ग्राहकले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरूको फाइदा लिनसक्ने पनि बैंकले जनाएको छ ।

पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्धार्थ बैंक स्मार्टबाट मात्र उपलब्ध भएकाेमा अब ग्राहकले घरबाटै एस्से बैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२