close

ब्रेभले ल्यायो आफ्नै सर्च इन्जिन, अब डिफल्ट सर्च इन्जिनबाट गुगल हट्ने

टेकपाना टेकपाना

कात्तिक ४, २०७८ २१:२७

ब्रेभले ल्यायो आफ्नै सर्च इन्जिन, अब डिफल्ट सर्च इन्जिनबाट गुगल हट्ने

काठमाडौं । गाेपनीयता केन्द्रित ब्रेभ ब्राउजरले आफ्नै सर्च इन्जिन सञ्चालनमा ल्याएको छ । केही महिनादेखि बेटा (परीक्षण) भर्सनकाे रूपमा सार्वजनिक गरिएको ब्रेभ सर्च अब ब्रेभ ब्राउजरको डिफल्ट ब्राउजर हुनेछ ।

ब्रेभले आफ्नो ब्लग पोस्टमार्फत गर्दै नयाँ प्रयोगकर्ताका लागि डिफल्ट सर्च इन्जिनको रूपमा ब्रेभ सर्च राखिएको जानकारी दिएको छ । अमेरिका, बेलायत र क्यानडाका प्रयोगकर्ताले ब्रेभ ब्राउजर प्रयोग गर्दा डिफल्ट सर्च इन्जिनको रूपमा गुगलको सट्टामा ब्रेभ सर्च पाउनेछन् ।

जर्मनीका प्रयोगकर्ताले भने ब्रेभ ब्राउजरमा डिफल्ट सर्च इन्जिनको रूपमा डकडकगो प्रयोग गर्दै आएकोमा अब ब्रेभ सर्च डिफल्ट सर्च इन्जिन हुनेछ ।

आगामी महिनादेखि अन्य देशमा पनि डिफल्ट ब्राउजर परिवर्तन गर्दै लैजाने ब्रेभले आफ्नो ब्लग पोस्टमा जनाएको छ ।

वेबसाइटमा हुने थर्ड पार्टी विज्ञापन र प्रयोगकर्ताको ब्राउजिङ गतिविधि ट्र्याक गर्ने टुलहरू रोक्ने भएको पछिल्लो समय ब्रेभ ब्राउजर लोकप्रिय भइरहेको छ ।

तत्कालका लागि ब्रेभ सर्च इन्जिनमा कुनै विज्ञापन नहुने कम्पनीले जनाएको छ । भविष्यमा भने यसमा विज्ञापन राखिने र विज्ञापन नहेरी प्रयोग गर्न चाहने प्रयोगकर्ताले निश्चित शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२