close

क्लबहाउसमा थपियो नयाँ फिचर, बाहिरी लिङ्कबाट पनि पैसा कमाउन सकिने

टेकपाना टेकपाना

कात्तिक ७, २०७८ १४:५४

क्लबहाउसमा थपियो नयाँ फिचर, बाहिरी लिङ्कबाट पनि पैसा कमाउन सकिने

काठमाडौं । क्लबहाउसमा अब बाह्य लिङ्क राख्न मिल्ने भएको छ । क्लबहाउसका प्रयोगकर्ताले बाहिरी अन्य लिङ्कहरू राख्न र त्यसलाई सजिलै मनिटाइज गर्नसक्ने भएका छन् ।

शनिबार द भर्जको एक इभेन्टमा बोल्दै क्लबहाउसका सीईओ पल डेभिसन र मार्केटिङ प्रमुख माया वाट्सनले क्लबहाउसमा नयाँ फिचर थपिएको जानकारी दिएका हुन् ।

नयाँ फिचर ‘पिन्ड लिङ्क’ मा मोडरेटरले श्रोता तथा पाठकका लागि सहयोगी लिङ्कहरू राख्न सक्नेछन्, जसले मोडरेटरका पाठक तथा श्रोतालाई निर्देश गर्नेछ ।

क्लबहाउसको रुममा भएका मोडरेटरमध्येमा जसले पनि उक्त लिङ्क हटाउन अथवा समावेश गर्न सक्नेछन् ।

यद्यपि सेक्युरिटी र मोडरेसनका कारण केही लिङ्कहरू समावेश गर्न सकिने छैन । तर डेभिसनले कुन किसिमका लिङ्क राख्न नमिल्ने भनेर स्पष्ट नाम भने खुलाएका छैनन् ।

ओन्ली फ्यान्स’ अर्थात प्रशंसकहरूका लागि मात्रै सुझाव गरिएका लिङ्कहरू पिन गर्न निषेध गरिएको छ ।

एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताका लागि यो फिचर २७ अक्टोबरदेखि क्लबहाउसमा सार्वजनिक हुने जनाइएको छ ।

डेभिसनका अनुसार क्लबहाउसमा जोडिने लिङ्कबाट हुने आम्दानीमा कुनैपनि किसिमको राजस्व कटौती हुने छैन । आगामी केही महिनाभित्रै रुम टिकेट र सब्सक्रिप्सनका आधारमा क्लबहाउस स्वत: मनिटाइज हुने व्यवस्था भइरहेको पनि डेभिसनले बताएका छन् ।

क्लबहाउस प्रयोगकर्ताका लागि आफ्नो काम, पुस्तक, पोडकाष्ट लगायतलाई बढावा दिन नयाँ थपिएको फिचर सहयोगी हुने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१