काठमाडौं । अब फेसबुक मेसेन्जरमा कसैसँग जोडिन नाम वा फोन नम्बर खोजिरहन नपर्ने भएको छ । मेसेन्जरमा जोडिने प्रक्रिया सहज बनाउन कम्पनीले क्यूआर कोड कनेक्सन फिचर ल्याएको हो ।
क्यूआर कोडसँगै कम्पनीले लिङ्कमार्फत कनेक्सन बनाउन सकिने फिचर पनि ल्याएको छ । कसैलाई आफ्नो क्यूआर कोड स्क्यान गराउन सबैभन्दा पहिले मेसेन्जर खोल्नुहोस् ।
त्यसपछि माथि दायाँपट्टि देखिएको तीन ओटा बारमा ट्याप गर्नुहोस् ।
र, छेउमा देखिएको सेटिङको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि माथि दायाँपट्टि नै क्यूआर कोडको आइकन देखिन्छ ।
सो आइकनमा ट्याप गर्दा तपाईंको मेसेन्जर लिङ्कसहितको क्यूआर कोड देखिन्छ । तपाईंको सो कोड कसैले स्क्यान गर्यो भने तपाईंको च्याटमा सो व्यक्तिले क्यूआर कोड स्क्यान गरेको भन्ने मेसेज च्याटमा देखिन्छ ।
तपाईंले सो क्यूआर रिसेट गरेर नयाँ पनि राख्न सक्नुहुन्छ । एकपटक कोड रिसेट भइसकेपछि पुरानो कोड स्क्यान नहुने कम्पनीको दाबी छ ।