close

अब डेस्कटप, वेब र कन्सोलमा समेत टिकटकको भिडिओ किट

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १२:११

अब डेस्कटप, वेब र कन्सोलमा समेत टिकटकको भिडिओ किट

काठमाडौं । टिकटकले आफ्नो भिडिओ किटको पहुँच विस्तार गरेको छ । केही अघिसम्म मोबाइल प्लेटफर्महरूमा मात्रै सपोर्ट हुने भिडिओ किट अब  डेस्कटप, वेब र कन्सोलहरूमा समेत आएको हो ।

यसका लागि टिकटकले सम्बन्धित एपका डेभलपरहरू सँग समन्वय गरेको जनाइएको छ । कम्पनीले नयाँ थर्ड पार्टी एपका लागि होस्ट सार्वजनिक गरेसँगै टिकटकलाई अब क्लिपच्याम्प, कम्बो, ग्रेबियो, क्यापविङ, मोबक्रस  र एलजी यू प्लसमा इन्टिग्रेट गर्न सकिने भएको छ ।  

भिडिओ किट टिकटकको यस्तो सोलुसन हो, जसमा ‘शेयर टु टिकटक’ विकल्प समेत समावेश छ । यो अप्सनले थर्ड पार्टी टुल तथा एपलाई टिकटकसँग इन्टिग्रेट गर्ने अनुमति दिन्छ ।

यस आधारमा तिनका प्रयोगकर्ताले उनीहरूको भिडिओ एडिटिङ प्लेटफर्ममार्फत सोझै टिकटकमा भिडिओ अपलोड गर्न सक्छन् । टिकटकमा पहिलो डेभलपर प्रोग्रामको  रुपमा २०१९ मा पहिलोपटक ‘शेयर टु टिकटक फिचर सार्वजनिक भएको थियो ।

जसमा पछि ‘लगईन किट’ र ‘साउन्ड किट’ जस्ता नयाँ टुल समेत थप भएका हुन् । कम्बोको प्लेर्टफर्म क्रियटरहरूलाई उनीहरूको कन्टेन्ट पुन: प्रस्तुत गर्दा समय बचत हुने गरी डिजाइन गरिएको हो ।

जसले स्ट्रिमिङ सेवालाई हाइलाइट तथा क्लिपलाई टिकटक भिडिओमा बदल्छ । ‘ग्रेबियो’को क्लाउड भिडिओ उत्पादन प्लेटफर्मले प्रसारक तथा मिडिया प्रकाशकलाई सबै मुख्य प्रसारण, डिजिटल र सामाजिक प्लेटफर्ममा प्रत्यक्ष र रियल-टाइम (तुरुन्तातुरुन्तै) भिडिओ सामग्री उत्पादन, सम्पादन र वितरण गर्ने उपकरण उपलब्ध गराउँछ ।

त्यसैगरी सुपर गेमिङ लिगको स्वामित्वमा रहेको ‘मोबक्रस’ गेमर तथा लाइभ स्ट्रिमरहरू प्रति लक्षित रहेको छ । त्यस्तै ‘कापविङ’ भिडिओ इडिटरमा क्रियटिभ टिमका लागि समन्वयात्मक उपकरणहरू समावेश छन् ।

साथै ‘एलजी यू प्लस’ ले यस वर्षको अन्त्यमा नयाँ फिचर समावेश गर्नेछ, जसमा प्रयोगकर्ताले भिडिओ स्टोरी बोर्डमा काम गर्न सक्नेछन् । अहिले ‘शेयर टु टिकटक’ को एडोबी प्रिमियर रश, पिक्सआर्ट, इनलाइट भिडिओलिप, मोमेन्टो जीआईएफ (GIF) मेकर लगायतमा उपलब्ध छ ।

यी एपहरू टिकटकले अफर गरेको भिडिओ सम्पादन भन्दा राम्रो भिडिओ बनाउन चाहने क्रियटरहरूले प्रयोग गर्ने गरेका छन् । टिकटकको पहुँच डेस्कटप र वेब टुलहरूमा विस्तार भएसँगै यसमा थप प्रो क्रियटरहरू तथा पेसाकर्मी र ब्रान्डहरू जोडिने अपेक्षा गरिएको छ । 

टिकटकले नयाँ टुलहरूमा रुचि राख्ने डेभलपरहरूलाई डेभलपर्स डट टिकटक डटकममार्फत जोडिन समेत आह्वान गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१