close

भिभोकाे ‘लक्की ड्र’ अफर कात्तिक २८ सम्म, ग्राहकलाई ५ सयभन्दा बढी गिफ्ट

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ १८:१९

भिभोकाे ‘लक्की ड्र’ अफर कात्तिक २८ सम्म, ग्राहकलाई ५ सयभन्दा बढी गिफ्ट

काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले दशैं-तिहारमा ल्याएकाे ‘लक्की ड्र अफर’ आउँदो कात्तिक २८ सम्म सञ्चालन गर्ने भएको छ । यो अफरमा १० हजारभन्दा बढी ग्राहक सहभागी भइसकेको कम्पनीले जनाएको छ ।

हालसम्म भिभोका उत्पादन खरिद गरी भाग्यशाली ग्राहकले ५ सयभन्दा बढी गिफ्ट पाइसकेका छन् । अझै पनि भिभोका उत्पादन खरिदमा विभिन्न गिफ्ट जित्न सकिने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत ग्राहकले होम अप्लायन्स, ल्यापटप, हेडफोन, स्पिकर लगायतका उपहार जित्न सक्नेछन् ।

यो अफरमा भिभोले हालै सार्वजनिक गरेको भिभो भी२१ सिरिज (भी२१ र भी२१ई का साथै वाई५३एस का स्मार्टफोन खरिद गर्ने ग्राहक पनि सहभागी हुनसक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५