close

१ करोडभन्दा बढीमा बिक्री भयो यूएसबी-सी पोर्ट भएको पहिलो आईफोन

टेकपाना टेकपाना

कात्तिक २६, २०७८ २०:२६

१ करोडभन्दा बढीमा बिक्री भयो यूएसबी-सी पोर्ट भएको पहिलो आईफोन

काठमाडौँ । आईफोनका प्रयोगकर्ताले वर्षौँदेखि डिभाइसको तलपट्टि राखिएको लाइटनिङ पोर्टको ठाउँमा यूएसबी-सी पोर्ट रहने आशा गर्दै आएका छन् । एप्पलसँगको यस किसिमको पर्खाईमा रहेका एक जना फ्यानले आफ्नै हातले प्रयास थाले ।

त्यसबाट जे बन्यो, त्यसलाई उनले यूएसबी-सी पोर्ट भएको विश्वकै पहिलो आईफोन भन्दै बिक्रीमा राखे । आईफोन एक्सको ‘रेट्रोफिट’ (पुरानो संरचनालाई सुधार गरी मजबुत र नयाँ बनाउने काम) गर्ने कार्यको पछाडि रहेका व्यक्ति हुन्, स्विट्जरल्यान्डका रोबोटिक विषयका विद्यार्थी केन पिल्नर ।

जसलाई उनले लिलामीका लागि ई-कमर्स साइट ई-बेमा राखेका थिए । यूएसबी-सी पोर्टको उच्च माग रहेको सङ्केतको रुपमा सो आईफोन बिहीबार ८६,००१ अमेरिकी डलरमा बिक्री भयो ।

यसमा राखिएको यूएसबी-सी पोर्टले चार्ज र डेटा ट्रान्सफर दुवैको क्षमता राख्दछ । ‘म त केवल यसलाई यूएसबी टाइप-सी रहेको आईफोन बनाउन चाहन्थे । किन भने मसँग भएका सबै चिजहरूमा यूएसबी टाइप-सी नै छ ।

त्यसैले आईफोनलाई पनि त्यसैमा रूपान्तरण गर्नु सबैभन्दा राम्रो हुन्थ्यो । यस्तोमा एउटा चार्जर र एउटा केबलबाट सबैचिज चार्ज गर्न सकिन्थ्यो,’ पिलोनेलले ब्लग पोस्टमा लेखेका थिए ।

नोभेम्बरको सुरुवातमा उनले आईफोनलाई यूएसबी-सी पोर्टमा आईफोनलाई रेट्रोफिटिङ गर्ने महत्त्वाकांक्षी परियोजनाको बारेमा व्याख्या गर्दै एउटा भिडिओ पोस्ट गरेका थिए । जसमा चीनबाट ल्याइने आवश्यक सामग्री देखि एप्लको सी९५ कनेक्टरको रिभर्स इन्जिनियरिङ, कस्टम सर्किट बोर्डको फ्याब्रिकेटिङ र यूएसबी-सीका पाटपुर्जाहरू जडान गर्ने लगायतका सबै चिजहरू समेटिएको थियो ।

त्यसैले त पिलोनलले भनेका थिए कि मोडिफाई गरिएको आईफोन एक्स अपडेट, रिस्टोर र प्राथमिक उपकरणको रुपमा प्रयोग गर्न सकिने छैन । जसलाई उनले मंगलबार ३,५०० डलरबाट लिलाम बढाबढ सुरु गरे । जुन अन्ततः एक लाख अमेरिकी डलरको आँकडासम्म पुगेको  थियो । तर उक्त प्रस्ताव रद्द भयो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२