close

इन्टरनेटमा यसरी हुन्छ मानव तस्करी, लागूऔषध, क्रिप्टोकरेन्सी र पोर्नको गैरकानूनी कारोबार

टेकपाना टेकपाना

कात्तिक २९, २०७८ २०:७

इन्टरनेटमा यसरी हुन्छ मानव तस्करी, लागूऔषध, क्रिप्टोकरेन्सी र पोर्नको गैरकानूनी कारोबार

काठमाडौं । जुन संसार हामी दिनहुँ देखिरहेका हुन्छौँ र जसको बारेमा पढ्छौँ वा सुन्छौँ, त्यसका दुई आयाम रहेको बताइन्छ । एउटा उज्यालो, सकारात्मक र सार्थक । विश्वमा आशा र विकासलाई यही आयामको योगदान मान्ने गरिन्छ । हरेक चिजमा जस्तै संसारको अर्को आयाम पनि छ, जुन कालो अनि अन्धकार हो ।

अँधेरो यो दुनियाँलाई अनेक किसिमका अपराध र काला कर्तुतको अड्डा भन्ने गरिन्छ । ब्रह्माण्डको विषयमा पनि यस्तै दाबी छ कि हामी जति चन्द्र, सूर्य र ताराहरूको उज्यालो देखिरहेका हुन्छौँ, त्यसको कयौँ ठूलो अन्तरिक्ष ब्ल्याक होलको रुपमा अस्तित्वमा हुनसक्छ ।

यस किसिमको लामो चर्चा परिचर्चा उक्त इन्टरनेटको विषयलाई लिएर समेत हुने गरेको छ, जुन आज हाम्रो जीवनको अहम् हिस्सा बनिसकेको छ । डार्क नेट वा डार्क वेब भनिने यो अन्धकार दुनियाँ इन्टरनेटको उज्यालो पाटोमाथि सँधै चुनौतीको रुपमा रहने गरेको छ ।

के डार्क नेटको माध्यमबाट सञ्चालन हुने कालो कारोबारमाथि कसैले रोकथाम लगाउन सम्भव छ ? जब हामी डार्क नेट वा डार्क वेबको बारेमा जानकारी हासिल गर्ने प्रयास गर्छौँ, तब निकै अनौठा जानकारी हात लाग्ने गर्दछन् । जुन इन्टरनेटको सामना हामी दैनिक रुपमा गरिरहेका हुन्छौँ, त्यो यसैको अँधेरो दुनियाँको तुलनामा रत्तिभर पनि होइन ।

तथ्यहरूबाट देखिन्छ कि अहिलेको समयमा इन्टरनेटको दुनियाँ यस्ता करिब १.८६ अर्ब वेबसाइटमा निर्भर छ, जसले तमाम किसिमका गतिविधि सञ्चालन गरिरहेका छन् । यी अर्बौँ वेबसाइटको बलमा चल्ने इन्टरनेटको बारेमा यस्तो दाबी गरिन्छ कि डार्क नेटको अगाडि यो उज्यालो इन्टरनेटको हँसिलो अनुहार चार प्रतिशत मात्रै छ ।

यसबाट हामीले तुच्छताको हदको महसुस गर्न सक्छौँ । दाबी गरिन्छ कि सर्च इन्जिन गुगल, जुन दुनियाँको बारेमा सूचना निकाल्न सक्दैन, त्यो सतहमा देखिने इन्टरनेट दुनियाँको तुलनामा पाँच सय प्रतिशतसम्म ठूलो छ । यो अँध्यारो इन्टरनेटको दुनियाँलाई कयौँ नाम दिने गरिन्छ । जसलाई डीप वेब, डार्क वेब, हिडेन विकी, इनभिजिवल वेब आदि ।

हामी जुन स्वभाविक अर्थात सतही वेबसँग परिचित छौँ, जसलाई गुगल, विङ्ग, याहू, डकडकगो जस्ता सर्च इन्जिनमा देख्न सक्छौँ । तर डार्क नेट वा डार्क वेबको दुनियाँलाई गुगल, याहु जस्ता स्थापित सर्च इन्जिनबाट खोज्न सकिदैन ।

डार्क नेटसँग जोडिएको गुमनाम दुनियाँलाई गुमनाम सफ्टवेयर टोर (टीओआर) ब्राउजरको सहयोगमा नियाल्ने गरिन्छ । जुन डट अनियनको लिनक्सको माध्यमबाट देखिन थाल्छ । रोचक कुरा त यो छ कि टोर ब्राउजरमा आफ्नो खाता खोल्नका लागि व्यक्तिले आफ्नो पहिचानको पर्याप्त प्रमाण दिनुपर्ने हुन्छ ।

तर यसको विरोधाभास के छ भने यसमा प्रवेश गर्ने व्यक्तिहरूको पहिचान अर्थात गोपनीयता, इन्टरनेट सुरक्षा, कम्प्युटर नेटवर्क, अकाउन्ट र पैसा समेत दाउमा लागिरहन्छ । यसको अर्थ यसमा जहिले सुकै, जुनसुकै ह्याकरले निसाना लगाउन सक्छ ।

तर पनि विशेषज्ञहरू सल्लाह दिने गर्दछन् कि यदि आधुनिक भीपीएन सेवाको सहयोगमा टोर ब्राउजर खोल्ने हो भने डार्क नेटमा प्रवेश गर्दा समेत प्रयोगकर्ताको सुरक्षा धेरै हदसम्म सुनिश्चित हुने गर्दछ । यसमा एउटा महत्त्वपूर्ण सवाल यो छ कि आखिर इन्टरनेटको यो अँध्यारो दुनियाँको सिर्जना कसले र किन गर्‍यो ?

के उसको काम हामीले देखिरहेको इन्टरनेटबाट चलिरहेको थिएन अथवा उसको उद्देश्य वास्तवमै इन्टरनेटको साम्राज्य सामु एउटा नयाँ चुनौती खडा  गर्नु थियो ? यस्ता सवालहरूको जवाफले हामीलाई डार्क नेटको इतिहास तथा यसका आविष्कारकको आवश्यकतातर्फ लैजान्छ ।

वास्तवमा इन्टरनेटको आविष्कारसँगै पछिल्लो शताब्दीको आठौँ दशकमा एउटा शब्द तथा सुरक्षाको उद्देश्यबाट डार्क नेट त्यसताका प्रचलित अरपानेट (एड्भान्स रिसर्च प्रोजेक्ट एजेन्सी नेटवर्क) बाट पृथक एक नयाँ धाराको इन्टरनेटको रुपमा चर्चामा आएको थियो । तर त्यसबेला अरपानेट नै मूलधाराको इन्टरनेट बनेपछि डार्क नेटको पहिचान यस्तो इन्टरनेटको रुपमा हुन थाल्यो कि जसलाई सहजै खोज्न नसकियोस् ।  यो मान्यतालाई अझ स्थापित गर्नका लागि इन्टरनेटको खुफिया दुनियाँलाई डार्क वेब समेत भन्न थालियो ।

पछिल्लो शताब्दीको अन्तिम दशकमा अमेरिकी सेनाले एउटा नयाँ प्रविधिको रुपमा टोर ब्राउजरको पर्दाफास यसरी गर्‍यो कि यसको माध्यमबाट गुप्तचर सङ्गठनले केही विशेष किसिमका समूह वा समुदायसँग सम्पर्क कायम गर्न सक्छन् । यसका लागि अमेरिकी सेनामा ‘द अनियन राउटर’ लाई सार्वजनिक तवरमा जारी गरियो ।

जसलाई लिएर इन्टरनेटको दुनियाँमा निकै तहल्का मच्चियो । यद्यपि टोर ब्राउजर वा टोर नेटवर्कको खुबी यस्तो छ कि यसको माध्यमबाट कायम गरिएका वेब लिङ्कलाई कुनै विशेष उद्देश्य पुरा भएको केही घन्टा वा केही मिनेटपछि इन्टरनेटबाट हटाउन वा गायब गर्न सकिन्छ ।

यस्तोमा यी वेबलिङ्कको माध्यमबाट सम्पन्न गरिएका कार्यहरूमाथि भविष्यमा अनुसन्धान गर्न सम्भव हुँदैन । इन्टरनेटको खतरामाथि ध्यान दिइरहेको एउटा फर्म ‘रेकर्डेड फ्युचर’ ले सन् २०१५ मा इन्टरनेट र डार्क बेबबीचको सम्बन्ध पहिल्याउँदै एउटा श्वेतपत्र जारी गरेको थियो ।

जसमा बताइएको  थियो कि डार्क वेबको माध्यमबाट सुरुवाती समयमा यस्ता इन्टरनेट लिङ्क (यूआरएल) तयार पारिन्छन्, जसमा सहजै जोसुकैले जेसुकै कोड वा सामग्री राख्न (अपलोड गर्न) सक्छन् । तर प्रयोजन सम्पन्न भएपश्चात टोर नेटवर्कमा बनाइएका यस्ता लिङ्क गायब हुन पुग्छन् ।  जसले गर्दा डार्क नेटमा सम्पन्न भएका सौदाबाजी छानबिन हुन सक्दैन ।

यसै कारणले गर्दा डार्क वेब विश्वभरका आपराधिक गतिविधिको अड्डा बनेको छ । यसमार्फत हतियार, लागूपदार्थको खरिदबिक्री, नक्कली मुद्रा, जालसाजी, मानव तस्करी, चाइल्ड पोर्न जस्ता कामहरू हुने गर्दछन् । कम्प्युटर ह्याकिङ र बिट क्वाइन जस्ता क्रिप्टोकरेन्सीको लेनदेनका लागि समेत यही डार्क वेबको सहारा लिन थालिएको छ ।

किन कि यी मुद्रा अहिलेको समयमा समेत नेपाल लगायतका कयौँ देशमा गैरकानूनी मानिन्छन् । यसरी डार्क वेब गैरकानूनी गतिविधि सञ्चालनको मुख्य माध्यम बनिसकेको छ । त्यसैले यो दुनियाँसँग जोडिएका व्यक्तिहरूलाई राम्रो नजरले हेरिँदैन ।

यद्यपि एक सेक्युरिटी फर्म बीटीबीका मुख्य चिफ इन्फरमेसन सेक्युरिटी एड्भाइजर मेट विल्सन भने डार्क वेबका कयौँ समस्या वा नकारात्मक पक्ष भए पनि त्यसको अर्थ यसमा रहेका हरेक व्यक्ति अपराधी हुन् भन्न नमिल्ने तर्क गर्छन् । कतिपय समय प्रयोगकर्ताहरू अनजानमा वा उत्सुकतावश टोर ब्राउजर प्रयोग गरी डार्क वेबमा आफ्नो कुकिङ रेसिपी वा यात्राको विवरण शेयर गर्न सक्छन् ।

त्यसमा आफ्नो भिडिओ, किताब वा ई-मेल शेयर गर्न सक्छन् । यसको पछाडि उनीहरूको उद्देश्य एउटा त्यस्तो ठूलो इन्टरनेट समुदायसँग जोडिनु हुन्छ, जो सरकारी निगरानीबाट टाढा रहेका हुन्छन् । कतिपय पटक त मानिसहरू इन्टरनेटलाई नयाँ तरिकाबाट उपयोग गर्ने तरिका सिक्नका लागि समेत डार्क वेबको शरणमा पुग्छन् ।

यस्ता मानिसहरूको अपराधी वा गैरकानूनी गतिविधिसँग कुनै लिनुदिनु हुँदैन । डार्क वेबको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कुनै पनि किसिमको निगरानीबाट बच्नु, प्रचलित, सार्वजनिक वा सरकारी व्यवस्थासँग समानान्तर व्यवस्था खडा गर्नु र कुनै कार्य सम्पन्न भएपश्चात पक्राउ पर्नबाट जोगिनु हो ।

उल्लेखनीय कुरा त यो छ कि विश्वभर क्रिप्टोकरेन्सीको उत्थानको पछाडि समेत यही धारणाले काम गरिरहेको छ । यस्तै किसिमको आकर्षणका कारण मानिसहरूले मानिसहरू डार्क वेबतिर जाने गर्दछन् । तर जसरी डार्क वेब मानव तस्करी, पोर्न र लागूऔषधको प्रमुख थलो बनिरहेको छ, त्यसलाई हेर्दा यसबाट उत्पन्न हुने समस्याको समाधान कुनै न कुनै तवरमा खोज्नै पर्ने हुन्छ ।

यो काम सरकार तथा उनीहरूको कानूनी संयन्त्रले भन्दा इन्टरनेटका महारथीले नै यो समस्याको हल निकाल्न सक्छन् । इन्टरनेटको दुनियाँको कुरा हुँदा भनिन्छ कि डार्क वेबलाई बुझ्न सबैभन्दा पहिला टोरको बारेमा जानकारी हासिल गर्नुपर्ने हुन्छ ।

गएको शताब्दीको अन्तिम दशकमा अमेरिकी सेनाले विकसित गरेको टोर नेटवर्कको सबैभन्दा महत्त्वपूर्ण विशेषता नै यो छ कि यसमा बनेको इन्टरनेट आईपी एड्रेस कसैको पकडमा नआउँदै जादुयी तवरमा गायब हुन सक्छ । केही विश्लेषकहरूको मत छ कि डार्क वेबको ख्यातिको कारण अपराध नभएर यसको माध्यमबाट प्राप्त हुने स्वतन्त्रता हो ।

यद्यपि यसको प्रयोग आपराधिक गतिविधिमा लागेका मानिसहरूले बढी गरिरहेका छन् । तर रोजगार तथा आम्दानीको बजार सम्बन्धी दृष्टिकोणबाट हेर्दा काम कारबाहीलाई सहज रुपमा सम्पन्न गर्ने मामिलामा जुन हैसियत डार्क वेबको रहेको छ, त्यस्तो हैसियत सामान्य इन्टरनेट वा सतही वेबको छैन ।

आखिर ह्याकर वा कुनै आपराधिक व्यक्ति कसरी डार्क वेबको माध्यमबाट तत्काल आफ्ना ग्राहकसम्म पुग्न सक्छ र कसरी उनीहरूले धन आर्जनमा सफलता हात पारिरहेका छन् भन्ने विषयमा ध्यान दिन जरुरी छ । यदि डार्क वेबको उपयोग सार्थक काम कारबाहीका लागि हुन सकेको खण्डमा एक किसिमको चमत्कार नै हुनसक्ने बताइन्छ ।

एक पटक कुनै कार्य सम्पन्न भइसकेपछि कुनै व्यक्तिले आफ्नो कम्प्युटरबाट टोर ब्राउजर हटाएको खन्डमा कम्प्युटरबाट उसका सबै निशानी (ब्राउजिङ हिस्ट्री तथा डार्क वेब गतिविधि) सदाका लागि गायब हुन पुग्छन् । डार्क वेब वा टोरको यही विशेषता उल्लेखनीय छ । तत्काल सरसफाइ गर्ने टोरको यो क्षमता अविश्वसनीय छ ।

यसबाट धेरै कुराहरू सिक्न सकिन्छ । वास्तविकता के छ भने कुनै कम्प्युटरको प्रयोग टोर नेटवर्क वा डार्क वेबका लागि भएको थियो कि थिएन भन्ने कुरा थाहा पाउन कम्प्युटर सम्बन्धी फरेन्सिक विश्लेषकलाई समेत एकदमै मुस्किल हुन्छ । यदि यस किसिमको क्षमता सामान्य इन्टरनेटको मामिलामा कायम गर्न सकिएको खण्डमा इन्टरनेटको दायरा अझ विस्तार हुनसक्ने विश्लेषण समेत छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३