close

२० देखि ३० वर्ष उमेरका युवापछि अनलाइन धेरे बस्नेमा ७० वर्ष कटेका वृद्ध वृद्धा

टेकपाना टेकपाना

पुस २२, २०८० १२:४२

२० देखि ३० वर्ष उमेरका युवापछि अनलाइन धेरे बस्नेमा ७० वर्ष कटेका वृद्ध वृद्धा

 

काठमाडौं । युवापछि ७० वर्ष काटेका वृद्ध वृद्धा अनलाइनमा सबैभन्दा बढी सक्रिय हुने पाइएको छ । अफिस फर नेसनल स्टाटिस्टिक्स (ओएनएस) ले बेलायतमा हालै गरेको एक अध्ययनले ७० वर्ष माथिका व्यक्तिहरू २०  देखि ३० वर्ष उमेर समूहका प्रयोगकर्तापछि अनलाइनमा धेरै सक्रिय हुने तथ्य ल्याएको हो ।  

बेलायतमा गत वर्षको सेप्टेम्बरमा ७० वर्ष कटेकाले दैनिक औसत ४३ मिनेट छ सेकेन्ड कम्प्युटर वा अन्य डिजिटल डिभाइस प्रयोग गर्ने रिपोर्टमा उल्लेख छ, जुन उनीहरूको उमेर ४० वर्ष हुँदाको भन्दा १० मिनेट बढी हो ।

अध्ययनमा सहभागी भएका विभिन्न उमेर समूहको तुलनामा ७० वर्ष माथिका व्यक्तिहरूले ब्राउजिङ गर्ने, ईमेल चेक गर्ने र अन्य कम्प्युटर प्रयोग (जस्तै; पब्लिक कन्टेन्ट बनाउने)मा बढी समय बिताएका थिए । तर उनीहरूले सामाजिक सञ्जालमा सबैभन्दा कम समय (दिनमा तीन मिनेट मात्र) बिताएका थिए ।

त्यस्तै २०-३० वर्ष उमेर समूहका प्रयाेगकर्ताले दिनमा औसत ३२ मिनेट कम्प्युटर गेम खेल्दा ७० वर्ष कटेकाले जम्मा ८ मिनेट १८ मिनेट मात्र खेलेका थिए । त्यसले मानिस जति बुढ्यौलीमा टेक्छन्, त्यति नै कम गेम खेल्ने देखाएको छ ।

यस अध्ययनमा २० वर्षभन्दा कम उमेरकाहरूलाई भने सहभागी गराइएको थिएन । साथै यसबाहेक गरिएका विभिन्न अध्ययनहरूले वृद्ध व्यक्तिहरूले इन्टरनेटको प्रयोग गर्ने समय बढ्दै गएको तथ्य निकालेका छन् ।

इन्टरनेटले वृद्ध व्यक्तिहरूलाई प्रियजनहरूसँग सम्पर्कमा रहन, ताजा समाचार थाहा पाउन अथवा स्वास्थ्य सेवाका लागि अपोइन्टमेन्ट लिन सहयोग गर्ने गर्छ ।

पछिल्लो अध्यावधिक: पुस २२, २०८० १२:४२