close

आउँदैछ ५ मिनेटमै फुल चार्ज हुने विद्युतीय गाडीको चार्जर

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ १३:३७

आउँदैछ ५ मिनेटमै फुल चार्ज हुने विद्युतीय गाडीको चार्जर

काठमाडौं । विद्यमान विद्युतीय गाडीको सबैभन्दा ठूलो समस्या भनेको नै यसलाई चार्ज गर्दा लाग्ने समय हो । यही कुरालाई सम्बोधन गर्दै अमेरिकाको पर्डु विश्वविद्यालय र फोर्ड मोटर कम्पनीले एउटा जोइन्ट प्रोजेक्टका लागि सहकार्य गरेका छन् ।

योभन्दा अगाडि पनि फोर्डले यसरी शैक्षिक संस्थाहरूसँग मिलेर व्यवसायिक समस्याको समाधान गर्दै आइरहेक छ । यसैबीच उक्त कम्पनीले पर्डु विश्वविद्यालयसँग विद्युतीय गाडीलाई थप सहज बनाउने उद्देश्यसहित सहकार्य गरेकाे हाे ।

याे साझेदारीअन्तर्गत पर्डुका इन्जिनियरहरूले विद्युतीय गाडीको ब्याट्री पाँच मिनेटमै चार्ज हुने प्रोटोटाइप चार्जिङ केबलको विकास गरिरहेका छन् ।

विद्युतीय गाडी चार्ज गर्नका लागि लाग्ने लामो समयलाई कम्तिमा पनि एउटा इन्धन गाडीमा पेट्रोल भर्न पेट्रोल पम्पमा लाग्ने समय जत्तिमा पुर्‍याउने विश्वविद्यालयले प्रतिबद्धता जनाएको छ ।

विश्वविद्यालयका अनुसार हाल चार्जिङ केबल कारमा प्रयोग भएका ब्याट्रीको क्षमता लगायत अन्य कारणले गर्दा विद्युतीय गाडी चार्ज गर्न धेरै समय लाग्छ । एकदम सुपरफास्ट भनिएको चार्जरले चार्ज गर्दा पनि गाडी चार्ज हुन कम्तिमा पनि आधा घण्टा लाग्ने गर्छ ।

यद्यपि विश्वविद्यालयले काम गरिरहेको चार्जिङ केबलले अहिलेको सुपरफास्ट चार्जरले भन्दा पनि ४.६ गुणाले प्रसारण भएको करेन्ट ह्यान्डल गर्न सक्ने बताएको छ ।

यसले गर्दा चार्जिङ समय घट्ने विश्वविद्यालयको भनाइ छ । यद्यपि अहिलेसम्म प्रोटोटाइप चार्जिङ केबल कुनै पनि विद्युतीय गाडीमा परीक्षण गरेर भने हेरिएको छैन ।

किनभने यसले प्रभाव गरेको करेन्ट ह्यान्डल गर्नसक्ने गरी कुनै पनि विद्युतीय गाडीमा ब्याट्री राखिएको छैन । यसरी पाँच मिनेटमा नै हुने चार्जिङले १०० माइलसम्म गाडी गुड्ने क्षमता राख्ने विश्वविद्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३