close

देशव्यापी फाइभजी विस्तार गर्न पौने ३ खर्ब लगानी गर्दै इटाली सरकार

टेकपाना टेकपाना

मंसिर ३, २०७८ १०:२७

देशव्यापी फाइभजी विस्तार गर्न पौने ३ खर्ब लगानी गर्दै इटाली सरकार

काठमाडौं । इटालीको सरकारले सन् २०२६ सम्म देशका हरेक क्षेत्रमा फाइभजीमार्फत उच्च गतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने भएको छ । दुई अर्ब बिलियन युरो अर्थात् दुई खर्ब ६९ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा इटालीले देशव्यापी रुपमा फाइभजी सेवा विस्तार गर्ने योजना प्रस्तुत गरेको हो ।

टेलिकमपेपरका अनुसार सरकारी योजना अनुसार फाइभजीमार्फत १५० एमबीपीए गतिको उच्च मोबाइल इन्टरनेट देशका हरेक क्षेत्रमा पुग्नेछ । देशमा रहेका इटालियन सेलकोज, टीआईएम, विन्डटेर, भोडाफोन जस्ता कम्पनीहरूको व्यावसायिक योजनामा नपरेका स्थानमा सरकारले आफ्नै लगानीमा फाइभजी पुर्‍याउने भएको हो ।

हुन त यो लगानी सरकारले देशमा रहेका दूरसञ्चार कम्पनीमार्फत नै परिचालन गर्ने जनाइएको छ । त्यसका लागि विभिन्न चरणमा काम अघि बढाइने उल्लेख छ । एक अध्ययन प्रतिवेदन अनुसार हालसम्म इटालीमा ६६ हजार ६९८ ओटा बेस स्टेसन रहेका छन् ।

सन् २०२६ सम्म उक्त संख्या वृद्धि भएर ७३ हजार ९ सय ३१ पुग्नेछ । त्यसका लागि ४७ हजार १०३ नयाँ साइट निर्माण  हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३