close

आईएमएस लिटिल स्माइलबाट सामान खरिद गर्दा ३० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

मंसिर ४, २०७८ ८:४९

आईएमएस लिटिल स्माइलबाट सामान खरिद गर्दा ३० प्रतिशतसम्म छुट

काठमाडौं । बाल दिवसको अवसरमा आईएमएस लिटिल स्माइलले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटका साथै विभिन्न अफर दिने भएको छ ।

आईएमएस लिटिल स्माइलले आफ्ना ग्राहकलाई क्रेन, डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबीका साथै अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रिमियम बेबी ब्राण्डमा ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको हो ।

यसका साथै, ग्राहकलाई थप ५ प्रतिशतको पुनः खरिद छुट भौचर प्रदान गर्ने जनाइएको छ ।

यो अभियानमा ह्यासट्याग लिटिलस्माइसम्याटर फोटो प्रतियोगिता पनि सुरु गरिएको छ । जहाँ तीन भाग्यशाली प्रतियोगीले आईएमएस लिटिल स्माइलको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर जित्ने सक्ने जनाइएको छ ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आईएमएस लिटिल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको छ ।

मल्टी ब्रान्ड आउटलेटमा अन्तराष्ट्रिय ब्राण्ड जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डिजे आई, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्राण्ड उपलब्ध छन् । कम्पनीका अनुसार यो अफर मंसिर ३ गते देखि ७ गतेसम्म लागू हुनेछ। 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३