close

अब टिभीमा पनि टिकटक हेर्न मिल्ने

टेकपाना टेकपाना

मंसिर ७, २०७८ १६:०

अब टिभीमा पनि टिकटक हेर्न मिल्ने

काठमाडौं । टिकटक अब मोबाइलमा मात्र नभएर टिभीमा पनि हेर्न सकिन भएको छ ।

यसको सुरुवात पहिलो चरणमा उत्तर अमेरिकामा अमेजनको फायर टिभीबाट भएकाे थियो । अब भने यो फिचर सामसङ र एलजीका स्मार्ट टिभी लगायत सम्पूर्ण एन्ड्रोइड टिभीमा पनि उपलब्ध हुने भएको हो।

साथै क्रोमकास्ट भएको गुगल टिभीबाट पनि टिकटक हेर्न सकिने जनाइएकाे छ । हालसम्म स्मार्ट टिभीको ब्राउजरबाट टिकटक हेर्न मिल्ने भएपनि छुट्टै एप भने उपलब्ध थिएन।

टिभीमा एप उपलब्ध भएसँगै प्रयोगकर्ताले ठूलो स्क्रिनमा छोटो भिडियोहरू हेर्न पाउने भएका छन् ।

मोबाइलमा जस्तै टिभीमा पनि टिकटकका सबै भिडिओहरू आफूले सर्च गरेर हेर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२