परिवर्तन भए एनसेलका शर्ट कोड, यस्ता छन् नयाँ नम्बर

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवामा प्रयोग हुने शर्टकट कोड परिवर्तन गरेको छ । पहिले एसएमएस सेवा, नाेटिफिकेसन लगायतका विभिन्न सेवाको लागि प्रयोग हुँदै आएको चार अङ्कको शर्टकट कोडलाई परिवर्तन गरेर कम्पनीले पाँच अङ्कको नयाँ कोड लागू गरेको छ ।
अब एनसेल प्रयोगकर्ताले विभिन्न जानकारी अथवा सेवाको लागि पुरानो चार अङ्कको कोड नभई पाँच अङ्कको नयाँ कोड प्रयोग गर्नुपर्नेछ । गत वर्षको भदौ महिनामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै चार अंङ्कको शर्ट कोड हटाएर नयाँ कोड राख्नुपर्ने व्यवस्था लागू गरेको थियो ।
यस्ता छन् परिवर्तन भएका एनसेलका नयाँ कोडः
पुरानो कोड | नयाँ कोड | सेवा |
९०० | १७२०१ | सेल्फ केयर तथा ग्राहक सेवाको लागि |
९००५ | १७२०२ | सेल्फ केयर तथा ग्राहक सेवाको लागि |
९००७ | १७२०३ | पोस्टपेड प्रयोगकर्ताको सेल्फ केयर तथा ग्राहक सेवाको लागि |
९००८ | १७२०४ | वायरलेस अथवा होम नेट प्रयोगकर्ताको केयर तथा ग्राहक सेवाको लागि |
९५९५ | १७२०५ | इन्टरनेट सेवाको लागि |
९००६ | १७२०६ | रिटेलरहरूले सब्स्क्राइबरको विवरण हेर्नको लागि |
९९६६ | १७२०७ | आफूले प्रयोग गरिरहेको सिम कसको नाममा छ भनेर हेर्नको लागि |
९८९१ | १७२०८ | रिटेलरहरूले सब्स्क्राइबरलाई रिक्वेस्ट पठाउनको लागि |
७८९९ | १७२०९ | ग्राहक सेवामा कुरा गरिसकेपछि छोटो जानकारी पठाउनको लागि |
९८९३ | १७२१० | ग्राहकको सर्वेक्षण गर्नको लागि |
७७२४ | ३११२४ | प्रयोगकर्ताले डिजिटल भ्यालु एडेट सर्भिस हटाउनको लागि |