close

जेडटीईले सार्वजनिक गर्‍यो १८ जीबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन

टेकपाना टेकपाना

मंसिर ९, २०७८ १७:९

जेडटीईले सार्वजनिक गर्‍यो १८ जीबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी जेडटीईले बिहीबार आफ्नो नयाँ स्मार्टफोन जेडटीई एक्सन ३० अल्ट्रा एरोस्पेस एडिसन सार्वजनिक गरेको छ । जसको साथमा जेडटीई भोएज २० प्रो, मल्टिपल आउटर्स र जेडटीई लाइभ बड्स प्रो जस्ता उत्पादन समेत बजारमा उतारिएको छ ।

तर जेडटीई एक्सन ३० अल्ट्रा एरोस्पेस एडिसन यसमा सबैभन्दा आकर्षणको उत्पादन हो । एक टीबीको स्टोरेज रहेको यो स्मार्टफोनमा १८ जीबी र्‍याम दिइएको छ । जुन स्मार्टफोन बजारकै १८ जीबी र्‍याम भएको पहिलो स्मार्टफोन बनेको छ ।

यसलाई एक टीबी स्टोरेजका साथ कन्फिगर गरिएको छ । फोनको चारैतर्फ एक प्रकारको स्पेस थिम  ५। जेडटीईका अनुसार यसलाई स्पेस एक्सप्लोरेसन तथा चिनियाँ अन्तरिक्ष यानको भावनाको रुपमा डिजाइन गरिएको हो ।

यसमा एउटा कस्टम के समेत छ, जुन कार्बन फाइबरबाट बनेको जस्तो देखिन्छ । जेडटीई एक्सन ३० अल्ट्रा एरोस्पेस एडिसनको मूल्य छ हजार ९९८ युआन रहेको छ । तर यो स्मार्टफोन विश्वबजारमा आउने सम्भावना भने न्यून छ ।

तपाईं अहिले जेडटीईकै एक्सन ३० अल्ट्राको ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टलाई ७४९ डलरमा पाउन सक्नुहुन्छ । जेडटीई एक्सन ३० अल्ट्रा एरोस्पेस एडिसन कम्पनीको भेनिला भर्सनकै समान छ ।

यसमा स्न्यापड्रागन ८८८ प्रोसेसर राखिएको छ । साथै एचडीआर १० प्लस तथा १४४ हर्जको रिफ्रेश रेटको सपोर्टसँगै यसमा फुल एचडी प्लस ६.६७ इन्चको एमोलेड कर्भ्ड स्क्रिन दिइएको छ ।

तर यसको सबैभन्दा आकर्षक विषय भनेको यसको पछाडि भागमा रहेको क्यामेरा मोड्युल हो । जसमा ६४ मेगापिक्सेलको क्यामेरा प्याक रहेको छ । यसमा ८ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो सेन्सर समेत रहेको छ ।

यस्तै फोनको अगाडि भागमा १६ मेगापिक्सेल सेन्सर दिइएको छ । फोनको ब्याट्रीको कुरा गर्ने हो भने यसमा रहेको ४६०० एमएएच क्षमताको ब्याट्रीले ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२