close

२०० मेगापिक्सेल क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन ल्याउँदै लेनोभो

टेकपाना टेकपाना

मंसिर ९, २०७८ २१:४९

२०० मेगापिक्सेल क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन ल्याउँदै लेनोभो

काठमाडौं । २०० मेगापिक्सेलको क्यामेरा सहितको स्मार्टफोन ल्याउँदै मोटोरोला काठमाडौं । मोटोरोलाले क्यामेरामा केन्द्रित हुँदै आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी थालेको छ ।

यससँगै मोटोरोला आफ्नो स्मार्टफोनमा सामसङको २०० मेगापिक्सेल क्यामेरा सेन्सर राख्ने पहिलो कम्पनी बनेको छ । यो क्यामेरा सेन्सर भएको मोडेल सन् २०२२ को पहिलो अर्धवार्षिक अवधिमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

सामसङले गत सेप्टेम्बरमा आफ्नो २०० मेगापिक्सेल आईएसओसेल एचपी वान सेन्सर सार्वजनिक गरेको थियो । यसले एउटा नयाँ प्रकारको पिक्सेल विनिङ प्रविधि प्रयोग गर्दछ ।

जसले २०० मेगापिक्सेलको अधिकतम इमेज रेजोलुसन दिन सहयोग गर्दछ । मोटोरोलाका साथै सामओमी समेत आगामी वर्ष आफ्नो २०० मेगापिक्सेलको फोन ल्याउने दौडमा छ ।

अर्कोतर्फ सामसङ आफ्नो इनहाउस मोडेलका साथ सन् २०२३ मा २०० मेगापिक्सेलको क्यामेरा ल्याएर आउन सक्ने अनुमान छ । ट्वीटरमा आइस युनिभर्स नामक एक टिप्सटरले दाबी गरेअनुसार मोटोरोला सबैभन्दा पहिला आफ्नो २०० मेगापिक्सेलको क्यामेरा ल्याउनेछ ।

त्यसपछि साओमीको पालो आउनेछ, जुन आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिमा आफ्नो २०० मेगापिक्सेलको पहिलो स्मार्टफोन ल्याउने तयारीमा छ । त्यस्तै टिप्सटरकै दाबीलाई मान्ने हो भने सामसङले सन् २०२३ मा मोटोरोला र साओमी पछि आफ्नो २०० मेगापिक्सेलको क्यामेरा फोन सार्वजनिक गर्ने योजना बनाइरहेको छ ।

मोटोरोला तथा अन्य स्मार्टफोन निर्माता कम्पनीहरूले अहिलेसम्म आफ्नो योजनाको पुष्टि आधिकारिक तवरमा भने गरेका छैनन् । यद्यपि चीनका एक टिप्सटरले ट्वीटरमा शेयर गरेको विवरणले यसको पुष्टि गरेका छन् ।

साथै सामसङको २०० मेगापिक्सेल क्यामेराका साथै मोटोरोलाको आगामी फोनका लागि सुझाव समेत दिएका छन् । २०० मेगापिक्सेलको सामसङ आईएसओसीसेल एचपी वान सेन्सर ०.६४ माइक्रोफोन पिक्सेलको साइजका साथ आउँछ ।

जसमा प्रोप्राइटर क्यामेलियोन सेल प्रविधिको समेत प्रयोग गरिएको छ । यसले प्रयोगकर्तालाई १२.५ तथा २०० मेगापिक्सेल रेजोलुसन बीच तस्वीर खिच्नका लागि पर्यावरणको आधारमा टु-बाई-टु, फोर-बाई-फोर तथा फुल पिक्सेल लेआउटको उपयोग गर्दछ ।

बताइए अनुसार २०० मेगापिक्सेलको क्यामेरा फोनका अलावा मोटोरोलाले मोटो एज एक्समा समेत काम गरिरहेको छ । जसमा ६० मेगापिक्सेलको ओम्नी भिजन ओभी६०ए०.६१ यूएम सेल्फी क्यामेरा सेन्सर रहने बताइएको छ ।

मोटो एज एक्समा पछाडि भागमा ५० मेगापिक्सेलको ओम्नी भिजन ओभी५०ए १/१.५५ इन्चको प्राइमरी क्यामेरा हुने दावी समेत गरिएको छ । मोटो एज एक्सको सार्वजनिक हुने विषय पुष्टि हालै लेनोभो मोबाइल बिजनेस ग्रुपका जनरल म्यानेजरले गरेका थिए । जुन गत साता केही टिना लिस्टिङमा समेत देखिएको थियो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२