close

एक्सएज ब्राण्डका नयाँ इयरबड र स्पिकर, लञ्च अफरमा ८८० रुपैयाँमै किन्न सकिने

टेकपाना टेकपाना

चैत २१, २०८० ११:५१

एक्सएज ब्राण्डका नयाँ इयरबड र स्पिकर, लञ्च अफरमा ८८० रुपैयाँमै किन्न सकिने

 

काठमाडौं । नेपाली बजारमा एक्सएज (Xage) ले थप दुई नयाँ प्रडक्ट ल्याउने भएको छ । कम्पनीले यही २२ चैतमा नयाँ इयरबड र ब्लुटुथ स्पिकर ल्याउन लागेको हो ।

कम्पनीका अनुसार इयरबड कन्भीई बड्स १३ (ConvE Buds 13) र ब्लुटुथ स्पिकर कन्भीई मिनी पड सार्वजनिक हुँदैछन् । यी दुवै प्रडक्ट ईकमर्स प्लेटफर्म दराजमार्फ सार्वजनिक हुनेछन् ।

कन्भीई बड्स १३ मा १३ एमएमको ड्राइभर, ४० घण्टाको प्लेटाइम र ब्लुटुथ भर्सन ५.१ रहेको छ । ब्याट्री क्षमता भने केसमा २४० एमएएच र बड्समा २५ एमएएच दिइएको छ । 

त्यस्तै पोर्टेबल कन्भीई मिनी पडमा ५२ एमएमको ड्राइभर, ब्लुटुथ भर्सन ५, एफएम रेडियो सपोर्ट, यूएसबी, टीएफ कार्ड सपोर्ट पाउन सकिन्छ । साथै यो स्पिकरमा टीडब्लुएस प्रविधि पनि छ ।

यसबाट एउटै डिभाइसमा दुईओटा स्पिकर कनेक्ट गरेर एकैपटक बजाउन सकिन्छ । त्यसबाहेक स्पिकरमा छ घण्टाको प्ले टाइम भएको पनि कम्पनीले दाबी गरेको छ । ब्याट्री भने यसमा १२०० एमएएच क्षमताको दिइएको छ ।

कम्पनीले यी दुवै प्रडक्टको मूल्य दुई हजार २०० रुपैयाँ कायम गरेको छ । तर लञ्च अफर अन्तर्गत तपाईंले यी दुवै उत्पादन ८८० रुपैँयामा खरिद गर्न सक्नुहुने छ ।

पछिल्लो अध्यावधिक: चैत २१, २०८० ११:५१