close

अन्तरिक्षमा सबैभन्दा बढी स्याटलाइट कसको ?

टेकपाना टेकपाना

मंसिर १९, २०७८ ७:१०

अन्तरिक्षमा सबैभन्दा बढी स्याटलाइट कसको ?

काठमाडौं । अर्बिटमा साना स्याटलाइट पठाएको स्टारलिंक अन्तरिक्षमा एकै वर्षमा सबैभन्दा बढी स्याटलाइट पठाउने कम्पनी बनेको छ ।

अमेरिकाको फ्लोरिडास्थित केप कानाभरल स्पेश फोर्स स्टेशनबाट स्पेशएक्सको फाल्कन नाइन रकेटले बिहीबार २७ औं पटक सफलतापूर्वक स्याटलाइटलाई अन्तरिक्षमा पठाएको छ ।

योसँगै अर्बिट (अन्तरिक्षको तल्लो भाग) मा अहिले सक्रिय स्याटलाइटमध्ये ३६ प्रतिशत स्याटलाइट स्टारलिंकको छ ।

स्टारलिंकले विश्वभर नै इन्टरनेट व्याण्डविथ दिनको लागि अर्बिटमा साना खालको स्याटलाइट पठाइरहेको छ ।

अहिले अन्तरिक्षमा स्टारलिंकको मात्रै एक हजार सात सय ५० वटा स्याटलाइट छन् । स्टारलिंकले कूल ४२ हजार स्याटलाइट अन्तरिक्षमा राख्ने लक्ष्य राखेको छ ।

स्टारलिंकपछि अन्तरिक्षमा सबैभन्दा बढी स्याटलाइट वानवेबको छ । वानवेबले अन्तरिक्षमा तीन सय ५७ वटा स्याटलाइट पठाएको छ । तथ्यांक अनुसार हाल अन्तरिक्षमा चार हजार आठसय ४१ वटा स्याटलाइट सक्रिय छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२