close

बीएमडब्लूका १० लाख विद्युतीय गाडी बिक्री

टेकपाना टेकपाना

मंसिर २१, २०७८ २२:१५

बीएमडब्लूका १० लाख विद्युतीय गाडी बिक्री

काठमाडौं । जर्मनीको बहुप्रतिष्ठित गाडी निर्माता बीएमडब्लूले १० लाख विद्युतीय गाडी बिक्री गर्न सफल भएको छ । जसमा पूर्ण विद्युतीय र हाइब्रिड दुवै गाडी समावेश रहेको जनाइएको छ ।

मंगलबार एक कार्यक्रममा बोल्दै कम्पनीका बोर्ड सदस्य पिटर नोटाले बिक्री भएको विद्युतीय गाडीमध्ये ७० प्रतिशत हाइब्रिड रहेको बताए । उनले आगामी दिनमा पनि हाइब्रिड मोडलका गाडीले कम्पनीको लक्ष्य हासिल गर्न मद्दत गर्ने दाबी गरेका छन् ।

नोटाका अनुसार कम्पनीले सन् २०२५ सम्म २० लाख विद्युतीय गाडी बिक्री गर्ने योजना बनाएको छ । यसमा हाइब्रिड कार कम्पनीको मुख्य उत्पादन हुनेसमेत उनले बताए ।

‘इन्धन खपतलाई कम गर्नका लागि विद्युतीय गाडीको कुनै विकल्प छैन । यसले कम्पनीको दिगो लक्ष्य हासिल गर्न समेत मद्दत पुर्‍याउने छ,’ उनले भने ।

कम्पनीले पछिल्लो समय कारमा स्पेस, ब्याट्री, इन्जिन र सुरक्षालाई मात्रै ध्यान नदिएर नयाँ नयाँ प्रविधिमा पनि लगानी गरेको उनकाे भनाइ छ ।

‘हाम्रो उद्देश्य सन् २०३० सम्म विश्वमा हाम्रो गाडी प्रयोग गर्नेमध्ये ५० प्रतिशत विद्युतीय गाडी हुन् भन्ने हो,’ उनले भने, ‘तर, चार्जिङ पूर्वाधारको कमी यसका लागि सबैभन्दा चुनौतीको विषय हुनसक्ने देखिएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२