close

टेस्लालाई चुनौती दिने ह्वावेको कार, ब्याट्रीसँगै इन्धनबाट समेत चलाउन सकिने

टेकपाना टेकपाना

पुस ९, २०७८ १६:१९

टेस्लालाई चुनौती दिने ह्वावेको कार, ब्याट्रीसँगै इन्धनबाट समेत चलाउन सकिने

काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी टेस्लासँग प्रतिस्पर्धा गर्न ह्वावे विद्युतीय कारको बजारमा प्रवेश गरेको छ । ह्वावेले टेस्ला मोडेल वाईसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको कारको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

चिनियाँ कम्पनी ह्वावे आफ्नो दूरसञ्चार उत्पादन र स्मार्टफोनका लागि परिचित छ । यद्यपि ह्वावेले आफ्नै नाममा छुट्टै कार भने बनाउने छैन ।

तर उसले स्वचालित कार प्रविधिका लागि कार निर्माता कम्पनीहरूसँग मिलेर काम गरिरहेको छ । ‘एइटो एम ५’ ह्वावेको हार्मोनी ओएसमा आधारित पहिलो कार हुनेछ । जुन विद्युत र इन्धन दुवैमा सञ्चालन हुने ह्वावेको कन्जुमर बिजनेस ग्रुपका कार्यकारी निर्देशक तथा सीईओ रिचार्ड यूले बिहीबार आयोजित आयोजित प्रडक्ट लञ्च कार्यक्रममा बताएका छन् ।

कारको डेलिभरी लुनार नयाँ वर्ष पछि आगामी फेब्रुअरी २० आसपासबाट सुरु हुने ह्वावेको इन्टेलिजेन्ट अटोमोटिभ बिजनेस सोलुसन युनिटका सीईओ समेत रहेका उनले जानकारी दिएका छन् । ऐटो एम ५ को सब्सिडी पछिको मूल्य दुई लाख ५० हजार युआन अर्थात ३९ हजार ६३ डलर रहेको छ ।

जुन टेस्ला मोडेल वाईको भन्दा कम हो । जुन चाहिँ सब्सिडी पछि दुई लाख ८० हजार युआनबाट सुरु हुन्छ । यूको दाबी अनुसार ऐटो एम ५ को पिक पावर र ड्राइभिङ रेञ्ज मोडेल वाईको भन्दा राम्रो रहेको छ । यद्यपि टेस्लाको कार जस्तो ऐटो एम ५ पूर्ण रुपमा विद्युतीय भने हुनेछैन ।

यसमा ब्याट्री चार्ज सकिएपछि ड्राइभिङ रेञ्ज बढाउन इन्धनका लागि ट्याङ्की दिइएको छ । यसका साथै कारमा डबल लेयर साउन्ड प्रुफ ग्लास समेत राखिएको छ । ‘यो प्रिमियम छ कि छैन भन्ने कुरा तपाईं यसको साउन्डबाटै थाहा पाउन सक्नुहुनेछ,’ यूको वक्तव्यमा भनिएको छ ।

ह्वावेको आफ्नै अपरेटिङ सिस्टमः ऐटो एम ५ कार ऐटो ब्रान्डको पहिलो उत्पादन हो । जसले अटोमा इन्टेलिजेन्ट थप गरेको छ । हरेक इलेक्ट्रिक कारको फङ्सन र म्युजिक एडजस्ट गर्न टचस्क्रिन समेत दिइएको छ । ऐटो एम ५ मा ह्वावेको स्मार्टवाचलाई एउटा साँचोको रुपमा प्रयोग गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२