close

फेसबुक पेजमा जागिरको विज्ञापन राख्दै ठगी गर्ने खड्का पक्राउ

टेकपाना टेकपाना

पुस २९, २०७७ १७:२८

फेसबुक पेजमा जागिरको विज्ञापन राख्दै ठगी गर्ने खड्का पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी ठगी कार्यमा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा ‘जब भ्याकेन्सी’को पेज बनाएर बेरोजगार युवाहरुबाट ठग्दै आएका दोलखा जिरी नगरपालिका वडा नं. ८ का शिव खड्कालाई प्रहरीले नियन्त्रण्मा लिएको हो ।

हाल काठमाडौं बस्दै आएका खड्काले फेसबुक पेजमा विभिन्न जागिरको विज्ञापन गरेर मानिसहरुबाट ठग्दै आएको उजुरीपछि नियन्त्रण्मा लिइएको प्रहरीले जनाएको छ ।

बेरोजगार युवालाई आकर्षक तलब र सुविधा दिने झुठो आश्वासन दिलाई १५ सयदेखि ३५ सयसम्म ईसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाबाट रकम ठगी उनी फरार रहेका थिए ।

पीडित युवाकाे उजुरीपछि अभियुक्त खड्कालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१