close

फिक्स्ड वायरलेस कि केबल इन्टरनेट, तपाईंका लागि कुन उपयुक्त ?

टेकपाना टेकपाना

माघ ३, २०७७ १३:८

फिक्स्ड वायरलेस कि केबल इन्टरनेट, तपाईंका लागि कुन उपयुक्त ?

काठमाडौं । गाउँघरतिरको कुरा गर्ने हो भने एक दशकअघि र अहिलेको अवस्थामा धेरै परिवर्तन आइसकेको छ । धेरै ठाउँमा इन्टरनेट थिएन । एकाध साइबर क्याफे थिए । युवापुस्तामा बेग्लै छाप छोडेको थिए यस्ता साइबर क्याफेले । तर अधिकांश जनताका लागि इन्टरनेट एउटा सपना नै थियो ।

तर एक दशकमै इन्टरनेट सामान्य बनिसकेको छ । बुढा भएका बा आमाहरू आफैंले फोन गर्न, च्याट गर्न, युट्युबमा भिडियो हेर्न थालेका छन् । बालबालिकाहरु अनलाइन कक्षामा बसेर पढिरहेका छन् । युवाको त कुरै नगरौं । यसकारण गाउँघरका लागि पनि अब इन्टरनेटको आवश्यकता अनिवार्य जस्तै भएको छ ।

तर यस्तो इन्टरनेट सेवा कुन लिँदा ठीक होला रु वा तपाइसँग कस्तो विकल्प छ ? यी बारे पनि जानकारी लिन जरूरी छ ।

अहिले हामीसँग इन्टरनेट प्रविधिका तीनवटा विकल्प उपलब्ध छन् । एउटा फिक्स्ड वायरलेस, अर्को केबल र तेस्रो अप्टिकल फाइबर प्रविधि । अप्टिकल फाइबर प्रविधि पछिल्लो नयाँ प्रविधि भएको कारण यो प्रविधि सबै भूभागमा उपलब्ध छैन । प्रकाशको गतिमा इन्टरनेट गति प्रदान गर्ने यो प्रविधि अहिलेसम्मकै उत्कृष्ट इन्टरनेट प्रविधि मानिन्छ ।

तर तपाईका सेवा प्रदायकसँग केबल र फिक्स्ड वायरलेस इन्टरनेटका दुई वैकल्पिक प्रविधि सबैतिर उपलब्ध छन् । सबैभन्दा पहिले त हामी तपाईलाई यी दुई प्रविधिको अन्तर र फाइदाबारे बताउने छौं ।

केबल इन्टरनेटले यसरी काम गर्छ

केबल इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकहरुलाई केबल वायरको माध्यमबाट वेबमा जोडदछ । यस प्रविधिमा कोएक्सल केबलले सेवाग्राहीको मोडेम र सेवा प्रदायकको ब्याण्डविथबीच सेतुको काम गर्दछ ।

ब्रोडब्याण्ड इन्टरनेटमा यो निकै नै लोकप्रिय प्रविधि हो । यसको अपलोड र डाउनलोड स्पिड एकदमै राम्रो हुन्छ र विश्वसनियता पनि त्यस्तै । तर केबल इन्टरनेटमा तपाईंको घरमा केबलको तार अनिवार्यरुपमा तान्नैपर्छ ।

केबल तार बिछ्याउनु आफैमा झन्झटिलो र खर्चिलो प्रक्रिया हो । त्यसमाथि कतिपय ग्रामीण भेगमा केबल लाइन पनि हुँदैनन् । कम जनघनत्व भएको क्षेत्रमा कम्पनीले केबल लाइन दिँदैनन् ।

फिक्स्ड वायरलेस इन्टरनेटले यसरी काम गर्छ

फिक्स्ड वायरलेस इन्टरनेट प्रविधिमा सेवा प्रदायकले फाइबर अप्टिक्स ब्याक्ड इन्टरनेट कनेक्सन रेडियो वेबको माध्यमबाट आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँछ । यी इन्टरनेट सिग्नलहरु मुख्य एक्सेस पोइन्ट वा ट्रान्समिटरबाट प्रयोगकर्ताको घरको टावरमा पुग्दछ ।

तपाईंको घरमा राखिएको एन्टेनाले सिग्नललाई समातेर मोडेम हुँदै डिभाइसमा कनेक्ट गर्दछ ।

यो प्रविधिको पूर्वाधार केबलको जस्तो जटिल छैन । यसका संसाधन पनि कम खर्च हुन्छ । केबल कम्पनीले राम्रोसँग लगानी नगर्ने क्षेत्रमा तपाईं हुनुहुन्छ भने यो प्रविधि तपाईको लागि राम्रो हुन्छ । ब्रोडब्याण्ड इन्टरनेट विकल्प नभएको कम जनघनत्व भएको क्षेत्रमा यो राम्रो विकल्प हो ।

कुन छिटो हुन्छ ?

इन्टरनेट प्रविधि वा सेवा प्रदायक छनौट गर्दा तपाईंले ध्यान दिनुपर्ने मुख्य कुरा भनेको इन्टरनेट स्पिड हो । स्पिडको मामिलामा कुरा गर्दा यी दुई प्रविधिले प्रदान गर्ने इन्टरनेट स्पिडमा खासै ठूलो फरक छैन ।

संघीय सञ्चार आयोग एफसीसीको अनुसार यी दुवै प्रविधिले डाउनलोडका लागि २५ एमबीपीएस तथा अपलोडका लागि ३ एमबीपीएसको स्पिड प्रदान गर्दछ । यस्तो स्पिड तपाईंको घर र व्यवसायलाई फोन लाइनबाट जोड्ने डीएसएल इन्टरनेट सेवा प्रदायकले दिन सक्दैनन् ।

तपाईंको सेवाप्रदायक र प्याकेजको अनुसार दुवै प्रविधिमा सेवा प्रदायकले १० एमबीपीएसदेखि सय एमबीपीएस तथा १ जीबीपीएस सम्मका स्पिड प्रदान गर्न सक्छन् ।

फिक्स्ड वायरलेस केबल जतिकै विश्वासनीय छ त ?

पक्कै पनि फिक्स्ड वायरलेस इन्टरनेटले पनि केबलले जत्तिकै स्थिर र विश्वसनीय इन्टरनेट कनेक्सनको सुविधा प्रदान गर्दछ ।

केबललाई इन्टरनेटको एउटा विश्वासनीय माध्यम मानिन्छ । केबल बिच्छेदन नभएको अवस्थामा इन्टरनेट प्रवाहको दौरान यसमा इन्टरफेरेन्स एकदमै कम हुन्छ ।

यस्तै फिक्स्ड वायरलेस इन्टरनेटले पनि कमजोर मौसमी अवस्थामा पनि स्थिर र विश्वासनीय इन्टरनेट कनेक्सन प्रदान गर्दछ । यो स्याटेलाइट जस्तो हुँदैन यसको कनेक्सन लोकल हुने भएकोले मौसमले यसलाई फरक पार्दैन । तर स्याटेलाइटमा भने तुफान तथा मौसम प्रतिकूलताको असर पुर्‍याउँछ । तर फिक्स्ड वायरलेसमा भने यी कुराहरुले असर गर्दैन ।

वायरलेसका टावरहरुको उचाई सेल फोनको जतिके हुन्छ जुन बादलभन्दा मुनी हुने भएको कारण खासै ब्लक हुँदैनन् । वर्षा, उच्च ह्युमिडिटी र बाक्लो हुस्सुमा पनि यसमा समस्या हुँदैन ।

‘रेन फेड’ ले फिक्स्ड वायरलेसलाई असर गर्ने तपाईले सुन्नु भएको छ भने नडारउनुहोस् । वास्तवमा रेन फेडले हाई फ्रिक्वेन्सीलाई असर गर्दछ, जब कि फिक्स्ड वायरलेसले लो फ्रिक्वेन्सी प्रयोग गर्दछ । यसमाथि लो फ्रिक्वेन्सीको कभरेज पनि धेरै हुन्छ ।

पहुँच

केबलको पूर्वाधारका लागि समय र पैसा धेरै लाग्छ । यसैले ग्रामीण क्षेत्रमा यसको पहुँच खासै हुन्न । यस्तो बेला गाउँघरमा सेवा दिने प्रविधि भनेको डीएसएल र स्याटेलाइट मात्र हुन् तर यिनीहरु एकदमै स्लो हुन्छन् । जुन एफसीसीको ब्रोडब्याण्ड इन्टरनेटको मानकभन्दा कम छन् ।

यो समस्याबाट हल पाउन पनि फिक्स्ड वायरलेस एउटा राम्रो विकल्प हो । यसमा इन्स्टलेसन खर्च पनि धेरै लाग्दैन र यो कम घनत्व भएको क्षेत्रमा पनि राम्रो काम गर्दछ ।

तर यसको कनेक्सन एकदमै लोकल हुन्छ । सेवाग्राहीहरुले यो इन्टरनेट प्रयोग गर्न मेन एक्सेस पोइन्टदेखि १० माइलको क्षेत्रभित्र बसेको हुनुपर्छ । साथै टावर र घरको एन्टेनाको कनेक्सन वा उचाई पनि सिधा हुनुपर्दछ ।

यसैले केबल तार नपुगेका ठाउँहरुमा फिक्स्ड वायरलेस एकदमै राम्रो विकल्प हो ।

कुन धेरै महङ्गो ?

मूल्यको मामिलामा केबलको तुलनामा सुरुवातमा वायरलेस महङ्गो दीर्घकालमा केबल नै महङ्गो पर्न जान्छ । वायरलेसको मूल्य सिधा हुन्छ र बन्डलिङ हुँदैन, तर केबलमा डेटा क्याप्स र बन्डलिङ प्याकेज हुन्छन् ।

कुन कम्पनीको सेवा राम्रो ?

सेवाको मामलामा इन्टरनेट सेवा प्रदायकको कर्मचारी र संस्थागत संरचनाले पनि फरक पार्दछ । केबल कम्पनीहरु आफ्नो कमजोर सेवा र सपोर्टका लागि आलोचित हुन्छन् । यी कम्पनीहरुको देशभरी नै ग्राहक हुन्छन् । यसैले समस्या समाधान हुन वा क्षेत्रीय सहयोग प्राप्त गर्न समय र धैर्यता आवश्यक पर्न सक्छ ।

तर फिक्स्ड वायरलेस सेवाप्रदायको हकमा तपाईले साना तथा स्थानीय समूहसँग व्यवहार गर्नुपर्ने हुन्छ । सानो क्षेत्रमा कम संख्यामा मानिसहरुलाई सेवा दिने हुँदा उनीहरु एकदमै एकाग्र र प्रतिक्रियाशिल हुन्छन् ।

केबलभन्दा फिक्स्ड वायरलेस राम्रो हो त ?

दुवै प्रविधि फास्ट र विश्वसनीय छन् । केबल शहरी क्षेत्र तथा धेरै जनघनत्व भएको क्षेत्रका लागि उपयुक्त हुन्छ भने पातलो बस्ती भएका ग्रामीण भेगमा यसको पहुँच नै हुँदैन । यस्तोमा वायरलेसले काम गरिदिन्छ ।

फिक्स्ड वायरलेसले ब्रोडब्याण्ड इन्टरनेटको पहुँच नभएका धेरै ठाउँमा कनेक्सन पुर्‍याएको छ । उनीहरुको सेवा शुल्क पनि उपयुक्त नै हुन्छ । यसैले केबलको पहुँच नभएको ठाउँमा यो राम्रो विकल्प हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१