close

रियलमी सी २० सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ ११, २०७७ १२:५८

रियलमी सी २० सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । रियलमीले सी सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफवन रियलमी सी २० सार्वजनिक गरेको छ । कम्पनीले भियतनाममा आफ्नो यो नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

रियलमी सी २० मा मिडियाटेक हेलियो जी ३५ प्रोसेसर तथा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री राखिएको छ । फोनको पछाडि भागमा एउटा मात्र क्यामेरा दिइएको छ ।

कति छ मूल्य ?

रियलमी सी २० को मूल्य भियतनाममा २,४९०,००० भियतनामी दोङ अर्थात १२ हजार ४८० रुपैयाँ राखिएको छ । यो फोन ब्लू तथा ग्रे कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

रियलमी सी २० को विश्वव्यापी उपलब्धताको विषयमा भने अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।

यस्तो छ फिचर तथा स्पेसिफिकेसन

रियलमी सी २० एउटा इन्ट्री लेभलको स्मार्टफोन हो । जुन एन्ड्रोइड १० मा आधारित रियलमी यूआईमा रन हुने गर्दछ ।

यस बाहेक यसमा ६.५ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले राखिएको छ । जसको रेजोलुसन ७२० बाई १६०० पिक्सेल रहेको छ ।

फोनमा मिडियाटेक हिलियो जी ३५ प्रोसेसर, दुई जीबी र्‍याम र ३२ जीबी स्टोरेज दिइएको छ । साथै एसडी कार्डमार्फत यसको स्पेस २५६ जीबी सम्म विस्तार गर्न सकिन्छ ।

रियलमी सी २० मा ८ मेगापिक्सेलको रियर क्यामेरा तथा पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । रियर क्यामेराको साथमा एलईडी फ्ल्याश लाइट राखिएको छ ।

रियलमीको यो स्मार्टफोनमा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री राखिएको छ । साथै चार्जिङका लागि माइक्रो यूएसबी पोर्ट तथा ३.५ एमएम हेडफोन ज्याक दिइएको छ । कम्पनीले गत वर्षको अगस्टमा ६००० एमएएच क्षमताको ब्याट्री भएको रियलमी सी १२ सार्वजनिक गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३