close

मुक्तिनाथ बैंकको एटीएममा भिसा कार्डबाट रकम झिक्दा पैसा नलाग्ने

टेकपाना टेकपाना

फागुन ९, २०७७ २१:१२

मुक्तिनाथ बैंकको एटीएममा भिसा कार्डबाट रकम झिक्दा पैसा नलाग्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था मिलाएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै यस्तो सुविधा दिन थालेको हो ।

त्यस्तै बैंकले डिजिटलाइजेशनलाई प्रोत्साहन गर्न ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा समेत सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधाका लागि बैंकले आफ्नो वेबसाइटमा यस्तो फिचर थपेको हो ।

ग्राहकले उक्त भर्चुअल सहायता सेवामार्फत छिटो, छरितो र सहज रुपमा बैंकले उपलब्ध गराएका विभिन्न सेवाका साथै सम्बन्धित जानकारी प्राप्त गर्न सक्नेछन् । साथै सेवाग्राहीले आफ्नो जिज्ञासा समेत त्यसबाट मेटाउन सक्नेछन् ।

यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ सै घण्टा लिन सक्ने बैंकले जनाएको छ ।आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो च्याटबट सेवा बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाइ वा बैंकको मासकट ‘मुक्तिभाई’ क्लिक गरी अथवा सोझै विषयवस्तु छनौट गरी प्रयोग गर्न सकिन्छ ।

बैंकले मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभएर घरबाटै गर्न सकिने व्यवस्था समेत मिलाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१