close

यसरी सजिलै बुझ्नुहोस् अपरेटिङ सिस्टम र यसको काम

टेकपाना टेकपाना

फागुन २२, २०७७ १६:२५

यसरी सजिलै बुझ्नुहोस् अपरेटिङ सिस्टम र यसको काम

काठमाडौं । कम्प्युटर तथा मोबाइल प्रयोगकर्ताहरुले सुन्दै आइरहेको शब्द हो अपरेटिङ सिस्टम । सामान्यतय हाम्रो कम्प्युटर तथा स्मार्टफोनमा हुने विण्डोज, एन्ड्रोइड तथा आइओएस नै अपरेटिङ सिस्टम हो भनेर हामी बुझ्छौं ।

आज यसको वास्तविक यो के हो  र कम्प्युटरसँग यसको के सम्बन्ध छ, के काम गर्छ भन्ने कुरा हामी तपाईंलाई बताउने छौं ।  

के हो त अपरेटिङ सिस्टम ?

कम्प्युटर सधै दुई भागमा विभाजित छ, एउटा हार्डवेयर र अर्को सफ्टवेयर । कम्प्युटरमा जति पनि बाह्य उपकरण तथा तत्वहरु छन् ती सबै हार्डवेयर हुन् । मनिटर, कीबोर्ड, माउस, स्क्रिन, हार्डडिस्क, प्रोसेसर आदि सबै कुरा जसलाई तपाईं छुन सक्नुहुन्छ ती हार्डवेयर हुन् । 

सफ्टवेयर ती डिजिटल डेटा तथा इन्स्ट्रक्सन हुन्, जसलाई हेर्न र प्रयोग गर्न त सकिन्छ, तर छुन सकिँदैन । 

मोबाइल तथा कम्प्युटरमा तपाईं विभिन्न किसिमका एप्लिकेसन, ब्राउजरहरु, गेम चलाउनुहुन्छ । ती एप्लिकेसनलाई तपाईं छुन वा हेर्न वा प्रयोग गर्न सक्नुहुन्छ, तर छुन भने सक्नुहुन्न, ती सफ्टवेयर हुन् । 

सफ्टवेयर पनि दुई किसिमका हुन्छन् । एउटा एप्लिकेसन सफ्टवेयर र अर्को सिस्टम सफ्टवेयर । ती एप्लिकेसन जति पनि तपाईं प्रयोग गर्नुहुन्छ र डिभाइसमा इन्स्टल गर्नुहुन्छ, ती एप्लिकेसन सफ्टवेयर हुन् । तर तपाईंको डिभाइसभित्र भएको अपरेटिङ सिस्टम भने सिस्टम सफ्टवेयर हो । 

अपरेटिङ सिस्टमले के काम गर्छ ?

तपाईंको डिभाइसमा भएका जति पनि एप्लिकेसन तथा हार्डवेयर उपकरणहरु छन्, अपरेटिङ सिस्टमले तीनलाई नियन्त्रण गर्दछ ।  

जब तपाईं कुनै पनि एप्लिकेसन इन्स्टल गर्नुहुन्छ तब त्यसलाई हार्डवेयरको मद्दतले चलाउनुहुन्छ । कुनै गेम इन्स्टल गर्नुभएको छ भने कीबोर्ड र माउसको सहयोग लिनुहुन्छ । यसरी हाम्रो हार्डवेयर र एप्लिकेसन सफ्टवेयरको दुवैलाई नियन्त्रण गरेर तालमेल मिलाउने प्लेटफर्मको रुपमा अपरेटिङ सिस्टमले काम गरिदिन्छ । 

उदाहरणका लागि तपाईं फुटबल खेल्दै हुनुहुन्छ । तपाईंसँग फुटबल, टिम सबै उपकरण छन् र सफ्टवेयरको रुपमा गेमलाई कसरी खेल्ने भन्ने रणनीति पनि तपाईंसँग छ भने त्यसलाई कार्यान्वयन गर्न एउटा ग्राउण्ड तपाईंलाई आवश्यक पर्छ । अपरेटिङ सिस्टम त्यही ग्राउण्ड हो । 

यसरी अपरेटिङ सिस्टमकै मद्दतले तपाईं सजिलै कुनै पनि फोल्ड वा सिस्टम प्रयोग गर्न तथा एक्सेस पाउन सक्नुहुन्छ ।

इतिहास फर्किएर हेर्दा जब अपरेटिङ सिस्टम थिएन, तब कुनै पनि फोल्डर वा फाइलमा जान तपाईंले कोडिङ गर्नुपर्थ्यो । आज जति पनि नयाँ, सजिलो युजर इन्टरफेस तथा शर्टकट कीहरु तपाईं देख्नुहुन्छ, ती सबै अपरेटिङ सिस्टमकै कारण सम्भव छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१