close

देशका मुख्य ६ सहरमा साओमीको सर्भिस सेन्टर

टेकपाना टेकपाना

फागुन २५, २०७७ १७:३४

देशका मुख्य ६ सहरमा साओमीको  सर्भिस सेन्टर

काठमाडौं । साओमीले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्शमा सञ्चालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौंमा अवस्थित छन् ।

ब्राण्डको रुपमा साओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको कम्पनीले बताएको छ ।

यस अवसरमा साओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “साओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधि विस्तारमा केन्द्रित छौं । साओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो । र, हामी बिक्रीपछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।

यो नवीनतम प्रयासहरुले हामीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपाली ग्राहकहरु र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । धनगढीको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै साओमीको सेवाहरुको अनुभव गर्नेे अवसर प्रदान गरेको छ ।”

यो सर्भिस सेन्टर सुचारु भएको अवसरमा साओमी नेपालले साओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निः शुल्क सर्भिसिङ प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१