close

लोकप्रिय गेम पब्जीका रोचक ९ तथ्य

टेकपाना टेकपाना

फागुन २७, २०७७ १२:३७

लोकप्रिय गेम पब्जीका रोचक ९ तथ्य

काठमाडौं । विश्वभर खेलिने ब्याटल रोयल गेम पब्जी निकै लोकप्रिय छ । पब्जीलाई दक्षिण कोरयाको गेमिङ कम्पनी ब्लुहोलले बनाएको हो । यो गेम जापानी फिल्म ब्याटल रोयलमा आधारित छ । जसमा युवाहरुलाई युद्धमा धकेलिएको हुन्छ ।

पब्जीको लोकप्रियताको अन्दाज यसबाट पनि लगाउन सकिन्छ कि यो गेम मोबाइल, कम्प्युटर, गेमिङ कन्सोल, एक्स बक्स, पीएस जस्ता विभिन्न प्लेटफर्ममा खेल्न सकिन्छ । आज हामी तपाईंलाई यो लोकप्रिय गेमसम्बन्धी केही रोचक तथ्य बताउँदै छौं ।

पब्जी पीसी‍

पब्जीलाई सबैभन्दा पहिला माइक्रोसफ्ट विण्डोजका लागि सन् २०१७ मा कम्प्युटर भिडियो गेमको रुपमा सार्वजनिक गरिएको थियो ।

पब्जी मोबाइल

पब्जी मोबाइल मोबाइल प्लेटफर्ममा खेलिने सबैभन्दा लोकप्रिय ब्याटल रोयल गेम हो । गुगल प्ले स्टोरमा यो गेम एक अर्बभन्दा बढी डाउनलोड भइसकेको छ । पब्जी मोबाइललाई सेप्टेम्बर २०१८ मा एन्ड्रोइड र आईओएसका लागि रिलिज गरिएको थियो ।

पब्जी एक्सबक्स वान

पब्जी एक्सबक्स वान गेमिङ कन्सोलमा पब्जी सबैभन्दा पहिला माइक्रोसफ्टको प्लेटफर्म एक्सबक्स वानमा सन् २०१८ को सेप्टेम्बरमा रिलिज गरिएको थियो । यद्यपि यसको प्रिभ्यु संस्करण सन् २०१७ को डिसेम्बरमा नै आएको थियो ।

पब्जी स्टाडिया

गुगलको गेमिङ सर्भिस स्टाडियाका लागि पब्जी स्टाडिया ल्याइएको हो । जुन २०२० को अप्रिलमा लञ्च गरिएको थियो । स्टाडियाका सःशुल्क ग्राहकका लागि यो गेम निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।

पब्जी पीएस फोर

एक्सबक्सपछि पब्जीको अर्को उचाई प्लेस्टेसन थियो । सोनीको गेमिङ कन्सोलमा यो गेम सन् २०१८ को डिसेम्बरमा उपलब्ध भएको हो । त्यसक्रममा पब्जी पीएस फोर भर्सनको रुपमा सार्वजनिक भएको थियो ।

गेम अफ पिस

पब्जी मोबाइलको बढ्दो लोकप्रियतासँगै यसले कयौं कठिनाईको समेत सामना गर्नुपरेको छ । गेममा हुने हिंसात्मक दृश्यका कारण चीनमा कयौं प्रतिबन्ध लगाइए । त्यसपछि गेम डेभलपरले यो गेमको ‘गेम फर पिस’ भर्सन सार्वजनिक गरे । जसमा हिंसात्मक दृश्य हटाइएको छ ।

पब्जी मोबाइल लाइट

मोबाइल प्लेटफर्ममा पब्जी मोबाइललाई निकै लोकप्रियता मिल्यो । त्यसपछि यो गेमलाई थोरै स्पेस भएका स्मार्टफोनका लागि सार्वजनिक गरियो । गेम डेभलपरले जुलाई २०१९ मा पब्जी मोबाइल लाइट सार्वजनिक गरेका थिए ।

पब्जी लाइट पीसी

मोबाइल प्लेटफर्ममा गेमको लाइट भर्सन सार्वजनिक भएपश्चात गेम डेभलपरले लो स्पेसिफिकेसन भएका कम्प्युटरका लागि पब्जी लाइट पीसी ल्याए ।

पब्जी न्यू स्टेट

पब्जी मोबाइलको लोकप्रियतापश्चात कम्पनी अहिले यसको सिक्वेलको रुपमा पब्जी न्यु स्टेट सार्वजनिक गर्ने तयारीमा जुटेको छ । पब्जी मोबाइल न्यु स्टेटका लागि प्रि अर्डर सुरु भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१