close

अब अरुको पासवर्ड प्रयोग गरेर नेटफ्लिक्स हेर्न नपाइने

टेकपाना टेकपाना

फागुन २८, २०७७ १२:९

अब अरुको पासवर्ड प्रयोग गरेर नेटफ्लिक्स हेर्न नपाइने

काठमाडौं । नेटफ्लिक्सले एउटै व्यक्तिको अकाउन्टकाे पासवर्ड शेयर गरेर हेर्न नमिल्ने बनाएको छ । एउटाले नेटफ्लिक्सको अकाउन्ट बनाउने र त्यसमा रेहको स्क्रिनको संख्याभन्दा बढीसँग पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने प्रचलन बढेको छ ।

अझ नेपालको हकमा त यो खालको प्रचलन मौलाएको छ । विदेशमा बस्ने साथिभाइसँग उनीहरुले चलाइरहेको नेटफ्लिक्सको अकाउन्ट लिएर धेरै जनामा शेयर गरेर हेर्नेको संख्या धेरै छ । यसरी तोकिएको स्क्रिनभन्दा बढी डिभाइस एउटै अकाउन्टमा जोडिएपछि कम्पनीले त्यसलाई बन्द गर्न थालेको हो ।

नेटफ्लिक्सको यो सिस्टमबाट केही प्रयोगकर्ता प्रभावित भइसकेको उल्लेख गरिएको छ । हाल केही प्रयोगकर्ताले आफूले लगइन गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा स्क्रिनशट शेयर गरिरहेका छन् ।

उनीहरुले शेयर गरेको स्क्रिनशटमा नेटफ्लिक्सले प्रयोगकर्तालाई आफ्नै नेटफ्लिक्स अकाउन्ट प्रयोग गर्न उल्लेख छ । त्यतिमात्रै नभएर यदि तपाईं अकाउन्टको मालिक होइन भने भिडियो निरन्तर हेर्न अब तपाईंले आफ्नै अकाउन्ट बनाउनुपर्छ ।

त्यसका लागि नेटफ्लिक्सले यदि एउटा अकाउन्टमा विभिन्न स्थानबाट लगइन भए भेरिफिकेशनका लागि मोबाइलमा ओटीपी पठाउने छ । कम्पनीले ओटीपीबिना लगईन समेत गर्न नमिल्ने बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१