close

अब स्मार्टसेलका नम्बरबाट समेत नागरिक एप चलाउन पाइने

टेकपाना टेकपाना

चैत १०, २०७७ १६:५१

अब स्मार्टसेलका नम्बरबाट समेत नागरिक एप चलाउन पाइने

काठमाडौं । अब स्मार्ट सेलका मोबाइल नम्बरबाट समेत नागरिक एप प्रयोग गर्न सकिने भएको छ । यस अघि नेपाल टेलिकम र एनसेलका नम्बरबाट मात्र नागरिक एप चलाउन पाइने अवस्था रहेकोमा यसै सातादेखि स्मार्ट सेलका नम्बर समेत नागरिक एपमा जोडिने भएका हुन् ।

राष्ट्रिय सूचना प्रविधि कन्द्र (एनआईटीसी) ले हाल स्मार्ट सेलका नम्बरहरुमा टेस्टिङको काम भइरहेको जनाएको छ । ‘सिस्टममा टेस्टिङको काम करिब करिब सम्पन्न भइसकेको छ,’ केन्द्रका एक अधिकारीले टेकपानासँग भने,

‘नागरिक एपको सर्भरबाट स्मार्ट सेलको सर्भरमा सेक्योर टनेलिङको टेस्टिङ गर्दा केही समस्या देखियो ।’ यसै साताभित्र उक्त समस्या समाधान गरी स्मार्टसेलका मोबाइल नम्बरहरु नागरिक एपमा जोडिने बताइएको छ ।

यसअघि सिस्टम तयार नभएको भन्दै स्मार्ट सेलका प्रयोगकर्तालाई उक्त एपमा खाता खोल्न दिइएको थिएन । सम्भव भएसम्मका सबै सरकारी सेवाहरु दिने गरी सरकारले नागरिक एपको हाल परीक्षण गरिरहेको छ । अबको एक महिनामा एप ओपचारिक रुपमा सञ्चालनमा आउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१