close

बढीभन्दा बढी गुगल रिभ्यु पाउन यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत २२, २०७७ १२:४२

बढीभन्दा बढी गुगल रिभ्यु पाउन यसो गर्नुहोस्

काठमाडौं । एक समय थियो, मानिसहरु फोनबुक पल्टाउँथे र स्थानीय क्षेत्रमा भएका व्यवसायहरुको खोजी गर्दथे । अनि कम्पनीहरू ग्राहककाे घरघरमा गएर आफ्नो व्यवसाय र ब्राण्डको जानकारी दिने गर्थे । तर त्यो समय गएको निकै समय भइसक्यो ।

अहिले धेरैका लागि इन्टरनेट नै पहिलो राेजाइ भएको छ । आजभोलि ग्राहक आफैँ अनलाइनमार्फत कम्पनीहरुलाई खोजिरहेका हुन्छन् ।

पछिल्लाे समय स्थानीय व्यवसायकाे अनलाइन खाेजी वा लाेकल सर्च इन्जिनकाे अभ्यास बढ्दाे छ । हबस्पोटको एक तथ्याङ्कअनुसार ७२ प्रतिशत ग्राहकहरु अनलाइन सर्च गरेपछि मात्र शपिङ गर्ने गर्छन्

प्राय: प्रयाेगकर्ताले सूचनाका लागि गुगलकै सर्च इन्जिन प्रयाेग गर्ने गर्छन् । यसकारण तपाईंले पनि आफ्नो व्यवसाय प्रवर्द्धन खोजिरहनु भएको छ भने गुगल सही माध्यम हुनसक्छ ।

सर्च गरिसकेपछि वस्तु खरिद गर्ने गरी ग्राहकलाई फकाउन सक्ने केही महत्वपूर्ण तत्वहरुबारे तपाईंले ख्याल गर्नैपर्ने केही कुराहरु छन् ।

प्रयोगकर्ताहरुको रिभ्युले पनि विश्वास बढाउने काम गर्दछ । गुगल सर्च र युजर रिभ्युहरु पनि परम्परागत मुखको बोली जस्तै नै हो ।

लोकल बिजनेसहरुले जति धेरै युजर रिभ्यु पाउन सक्छन्, सर्च रिजल्टमा उनीहरुको परिणाम पनि त्यति नै राम्रो आउँछ । अनि तपाईंको सर्च रिजल्ट पनि एकदमै राम्रो हुन्छ । यसका लागि केही उपायहरु आज हामी तपाईंलाई सिकाउने छौं । 

१. आफ्नो  ‘गुगल माई बिजनेस प्रोफाइल’लाई क्लेम गर्नुहोस् 

सबैभन्दा पहिले तपाईंले आफ्नो गुगल माई विजनेस प्रोफाइललाई क्लेम गर्नुपर्छ । यो प्रोफाइल पूर्णरुपमा नि:शुल्क उपलब्ध छ ।

प्रोफाइल क्लेम गरिसकेपछि तपाईंले आफ्नो ठेगाना, बिजनेस आवर र तपाईंको वेबसाइटजस्ता आधारभूत सूचनाहरु अपडेट गर्न अनुमति दिन्छ । तपाईंले आफ्नो स्टोरको फोटो पनि अपलोड गर्न सक्नुहुन्छ ।

यसरी आधारभूत जानकारीहरु भरेपछि त्यो तपाईंको आधिकारिक प्रोफाइल हो भनेर थाहा पाउन सकिन्छ । यसरी तपाईंको प्रोफाइल हेर्ने प्रयाेगकर्ताले त्यसमा रिभ्यु दिन सक्छन् । 

२. ईमेल रिमाइण्डर पठाउनुहोस् 

तपाईंको स्टोरबाट सामान मगाएर वित्तीय कारोबार सकिएपछि कसैले तपाईंको प्रोफाइलमा रिभ्यु नदिन सक्छन् । रिभ्यु दिनुअघि उनीहरु त्यसलाई राम्ररी प्रयोग गर्न चाहन्छन् ।

यही कारणले मेटाक्रिटिकले भिडियो गेमका लागि हालै आफ्नो रिभ्यु पाेलिसी पनि परिवर्तन गरेको छ, ताकि गेम सार्वजनिक भएको ३६ घण्टामा मात्र खेलाडीहरुले रिभ्यु दिन सकुन् ।

लोकल बिजनेसहरुका लागि कारोबार सम्पन्न भएको केही दिन वा हप्ता दिनपछि ईमेल रिमाइण्डर पठाउनु ठीक हुन्छ ।

३. उनीहरुको आउटलेटमा सकरात्मक रिभ्यु दिनुहोस् 

मानिसहरु आफ्नो विचार सबैमाझ पुगोस् भन्ने चाहन्छन् । साना तथा मझौला व्यवसायहरुलाई एसईओ र ग्राहकहरुको रिभ्युबाट थप हाैसला मिल्छ ।

सकरात्मक रिभ्युहरुलाई धैरै फलाउन सक्दा वीन-वीनको अवस्था आउँछ । राम्रा रिभ्युहरुले कम्पनीको मार्केटिङ गर्ने माध्यमकाे रूपमा काम गर्छ ।

यो वेबसाइटको प्रमाणित टेस्टिमोनियल हो । मानिसहरुले जति धेरै रिभ्यु दिन्छन् त्यसले अरुलाई पनि प्रयाेग गर्न प्रेरित गर्छ ।

४. डिजिटल रिभ्युका लागि फिजिकल रिमाइण्डरको प्रयोग गर्नुहोस् 

ग्राहकहरुलाई प्रतिक्रिया दिनका लागि सधैं तपाईंले ईमेल एड्रेस संकलन गर्न सक्नुहुन्न । तर केही पुराना स्कूल टेक्निकहरु प्रयोग गरेर रिभ्यु बढाउन सक्नुहुन्छ ।

उदाहरणका लागि कन्ट्रयाक्टर र सर्भिस कम्पनीहरुले काम सकिसकेपछि सधै क्लाइन्टहरुलाई बिजनेस कार्ड दिने गर्छन् ।

यस्ता आवश्यक कार्डहरुसँगै सधै गुगल रिभ्यु कार्ड पनि दिन नबिर्सनुहाेस्। अनलाइन रिभ्यु दिनका लागि यस्ता कार्डमा लिंक र छोटो इन्स्ट्रक्सन हुन्छ । 

५. रिभ्युमा प्रतिक्रिया दिनुहाेस् 

सकरात्मक वा नकरात्मक जस्तो रिभ्यु पाएपनि आफूलाई आएको गुगल रिभ्युलाई सधै प्रतिक्रिया दिने गर्नुहाेस् ।

हाभर्ड विजनेस रिभ्युको विश्लेषण अनुसार ग्राहकको गुगल रिभ्युलाई प्रतिक्रिया दिने होटलहरुको थप १२ प्रतिशत धेरै रिभ्यु पाएको र उनीहरुको रेटिङ ०.१२ प्रतिशतले बढेको पाइएको थियो ।

६. माथि र व्यापक जानुहोस् 

इन्टरनेटले अनुभवलाई थप राम्रो बनाएको छ । यसकारण तपाईंको व्यवसायलाई गूगल रिभ्यु उनीहरूले मात्र दिन्छन् जो तपाईको सेवाबाट एकदमै खुशी वा एकदमै निराश भएका छन् ।

यसकारण सधै ग्राहकको अपेक्षालाई जितेर सेवामा गुणस्तरता ल्याउने प्रयास गर्नुहोस् । यसले उनीहरुलाई राम्रो प्रतिक्रिया दिन प्रेरित गर्छ ।

यसले बफादार बनाउँदै भविष्यमा उनीहरुलाई तपाईंकहाँ पुनः फर्काएर ल्याउनेछ । हरेक स्थानीय व्यवसायहरु फस्टाउन यस किसिमको इमान्दारी जरुरत पर्दछ ।

त्यसमा भने अनलाइन रिभ्युले पारदर्शी रुपमा उक्त व्यवसायलाई बुझ्न सघाइरहेको हुन्छ। जसैगरी तपाईं गुगलमा बिजनेस रिभ्युको संख्या बढाउँदै जानुहुन्छ, त्यसैस्तरमा गुगल सर्चमा तपाईंको व्यवसाय माथि उठ्दै जान्छ ।

यसर्थ गुगल रिभ्युलाई राम्राेसँग सदुपयाेग गर्न जाने तपाईंकहाँ आउने ग्राहकहरुको संख्या बढ्न थाल्छ भने व्यवसायले अर्काे उचाईँ प्राप्त गर्न थाल्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१