close

यसरी सजिलै बुझ्नुहोस् फुल एचडी र फोरके प्रविधि

टेकपाना टेकपाना

बैशाख १२, २०७८ २१:१७

यसरी सजिलै बुझ्नुहोस् फुल एचडी र फोरके प्रविधि

काठमाडाैं । वास्तवमा फोरके कुनै नयाँ प्रविधि होइन । यो एउटा रेजाेलुसन स्ट्याण्डर्ड (resolution standard) हो । यस्तो किसिमको प्रविधिमा भिडियो, डिस्प्ले तथा प्रोजेक्टर बजारमा आएको धेरै भइसक्यो । 

युट्युबले नै २०१० देखि फोरके भिडियो अपलोडको अनुमति दिन सुरु गरेको हो । त्यसअघि सोनीले करिब २०१२ तिर पहिलो फोरके प्रोजेक्टर ल्याएको थियो । आजभन्दा करिब १८ वर्षअघि पहिलो फोर के क्यामेरा पनि सार्वजनिक भइसकेको छ । 

अहिले त यो सामान्य र सर्वसुलभ प्रविधि बनिसकेको छ । यो सामान्य व्यक्तिका लागि सजिलै उपलब्ध छ । सबै किसिमका उपकरणमा यसको प्रयोग हुन थालिसकेको छ । यो एउटा रेजाेलुसन प्रविधि हो, जसलाई रेकर्डिङ र स्ट्रिमिङ दुवैमा प्रयोग गर्न सकिन्छ । 

रेजाेलुसनको कुरा गर्दा केही कुरा थाहा पाउँदा सरल रूपले बुझिन्छ । डिस्प्लेमा साना साना युनिट हुन्छन्, जसलाई पिक्सेल भनिन्छ । फोरकेमा ३ हजार ८४० फिक्सल होरिजेन्टल्ली हुन्छन्, भने भर्टिकल्ली २ हजार १६० पिक्सेल हुन्छ । होरिजोन्टल्ली यसमा करिब ४ हजार पिक्सेल हुने भएकोले यसलाई फोरके भनिन्छ । 

फुल एचडी र फोरकेमा फरक

फुल एचडीमा रेजाेलुसन १९२० र १०८० हुन्छ । जब यसको उचाई र चौडाई दुवैमा पिक्सेललाई दुई गुणा बढाइन्छ तब यसमा फोरके पाइन्छ । एउटा फुल एचडीको चार गुणा पिक्सेलमा फोरके रेजुलेसन पाउन सकिन्छ । टु केको कुरा गर्दा त्यसमा १२८० र ७८० पिक्सेल हुन्छ । 

फोरके को स्क्रिन रेजाेलुसनकाे कुरा गर्दा यसमा कुल ८ मेगापिक्सेल हुन्छ । किनभने यसको चौडाई करिब ४ हजार र उचाई करिब दुई हजार पिक्सेलको छ । जब तपाईं यी दुवैलाई गुणा गर्नुहुन्छ, तब तपाईंले यसमा करिब ८० लाख पिक्सेल पाउनुहुन्छ । 

अब फूल एचडीको कुरा गर्दा त्यसमा करिब २० लाख पिक्सेल हुन्छ । यसको गुणस्तरीयता फुल एचडीभन्दा चार गुणा राम्रो हुन्छ । 

फोर के कन्टेन्ट 

तपाईंसँग फोरके टेलिभिजन छ, तर तपाईसँग फोरके कन्टेन्ट छैन भने त्यसलाई हेर्न मज्जा आउँदैन । यसका लागि तपाईंले आफ्नो मोबाइलबाट फोरके भिडियो रेकर्ड गर्न सक्नुहुन्छ, युट्युब वा इन्टरनेटबाट फोरके भिडियो सामग्री डाउनलोड गरेर टिभीमा हेर्न सक्नुहुन्छ । फोरके भिडियो रेकर्ड गर्न तपाईंसँग कम्तिमा १२ मेगापिक्सेलको क्यामेरा हुनुपर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१