close

चर्चित एप टिकटकमा नयाँ सीईओ

टेकपाना टेकपाना

बैशाख १८, २०७८ १४:२२

चर्चित एप टिकटकमा नयाँ सीईओ

काठमाडौं । टिकटकले साेउ झी चेउलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकारीको रुपमा नियुक्त गरेको छ । टिकटकको मातृ कम्पनी बाइटड्यान्सका वर्तमान प्रमुख वित्तीय अधिकारी चेउलाई सीईओको रुपमा नियुक्त गरेको हो । त्यसअघि उनले साओमी इन्टरनेश्नलको अध्यक्ष भएर काम गरिसकेका छन् ।

यसअघिका टिकटकका सीईओ भानेस्सा पप्पास भने कम्पनीको सीओओको भूमिकामा रहने छन् ।यससँगै भानेस्सा र नयाँ सीईओ चेउको संयुक्त नेतृत्वले टिकटकलाई दीर्घ र दिगो विकासतिर अगाडि बढाउने बाइटड्यान्सका सीईओ यिमिङ झाङले बताएका छन् ।

नयाँ सीईओ चेउसँग यस उद्योग र कम्पनीको बारेमा गहिरो ज्ञान भएको र उनले कम्पनीका प्रारम्भिक लगानीकर्ताहरुकाे एउटा टिमलाई समेत नेतृत्व दिइसकेका छन् ।

उनीसँग प्राविधिक क्षेत्रमा काम गरेको दशकौं वर्षको अनुभव छ । चेउले कर्पोरेट गभर्नेन्स तथा दीर्घकालिन व्यवसायिक इनिसिएटिभ्सको क्षत्रमा विशेष केन्द्रित रहेर कम्पनीलाई योगदान दिने बाइटड्यान्सका सीईओ झाङले बताए ।

बाइटड्यान्सले यसरी आफ्नै मातृ कम्पनीभित्रका एक प्रमुखलाई टिकटकको नेतृत्वको जिम्मेवारी सुम्पिएको छ । यो घटनाको विकासले पनि अमेरिकामा आफ्नो भविष्यलाई लिएर टिकटक कतिको सुनिश्चित छ भनेर केही संकेतको रुपमा बुझ्न सकिन्छ ।

भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहिर्गमनपछि धेरै समय सीमाहरु सकिए । टिकटकको स्वामित्व अनिवार्य अमेरिकी कम्पनीलाई बेच्नुपर्छ भन्ने उनको अडानमा आधारित केही डिलहरु खारेज भए ।

तर टिकटकमाथि हालसम्म अमेरिकामा कुनै प्रतिबन्धको तयारी भएको छैन । करिब ६ महिना अघिसम्म अमेरिकामा टिकटकको औंलामा गनिने दिन आउँदैछ भन्ने कथनहरु अहिले सुनिन छाडेका छन् ।

यस्ता घटनाक्रमसँगै टिकटकले आफ्नो भविष्य सुनिश्चितताको विश्वास बोकेर पछिल्लो समय आफ्नो आन्तरिक व्यवस्थापनमा नयाँ विकास गरेको देखिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१