close

एनसेलको नयाँ योजना, हरेक दिन स्मार्टफोन जित्ने मौका

टेकपाना टेकपाना

बैशाख २६, २०७८ १७:३३

एनसेलको नयाँ योजना, हरेक दिन स्मार्टफोन जित्ने मौका

काठमाडौं । एनसेलका ग्राहकले अब युनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले मंगलबार (वैशाख २८) देखि यो आकर्षक योजना लागू गर्ने भएकाे हो ।

इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिनदेखि ७ दिनसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । यो आकर्षक योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् ।

यूएईको ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताले नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइलाई एनसेल नम्बरमा कल गर्दा यो योजनामा सहभागी हुन सकिनेछ । कोरोनाभाइरसको दोस्रो लहरले सिर्जना गरेको यो विषम परिस्थितीमा यो योजनाले एनसेलको नेटवर्क मार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने कम्पनीको विश्वास छ ।

यो योजना अन्तर्गत यूएईबाट सबै भन्दा धेरै आगमन कल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफल हुनेछन् । ७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।

ग्राहकले उठाएको आगमन कल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ । विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ ।

हाल लागु भएको निषेधाज्ञा हटेको एक हप्तापछि विजयी ग्राहकले जितेको स्मार्टफोन लिन सक्नेछन् । स्मार्टफोन जित्ने मौकाका साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । कम्पनीका अनुसार विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाउन सकिनेछ । यसरी प्राप्त बोनस ३ दिनसम्म मान्य हुनेछ । ग्राहकले उक्त बोनसमा एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१